Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

आगामी बजेट सुधारमुखी हुने अर्थमन्त्री वाग्लेको संकेत

आगामी बजेट सुधारमुखी हुने अर्थमन्त्री वाग्लेको संकेत
विज्ञापन
Advertisement

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णीम वाग्लेले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट संसदमा उठेका सुझाव र सरकारको १०० बुँदे शासकीय सुधार कार्यक्रमलाई आधार बनाएर प्रस्तुत गरिने बताएका छन । राष्ट्रियसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले आर्थिक स्थायित्व, समावेशी विकास र सामाजिक रूपान्तरणलाई सरकारले प्राथमिकतामा राखेको स्पष्ट पारेका हुन।

विज्ञापन
Advertisement
Advertisement

नीति तथा कार्यक्रम माथिको छलफल सकिए पछि जवाफ दिँदै अर्थमन्त्री वाग्लेले विगतमा निर्माण भएको अर्थतन्त्रको आधारलाई थप मजबुत बनाउँदै समग्र सामाजिक विकासलाई अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताए । उनले सदनमा सांसदहरूले दिएका सुझावलाई गम्भीर रूपमा ग्रहण गरिएको उल्लेख गर्दै आगामी बजेटलाई व्यवहारिक, सुधारमुखी र जनमुखी बनाइने धारणा राखेका छन।

अर्थमन्त्री वाग्लेले सरकारको १०० बुँदे शासकीय सुधार कार्यक्रम कार्यान्वयन सँगै सार्वजनिक सेवा प्रवाह, सुशासन र विकास व्यवस्थापनमा सुधार ल्याउने लक्ष्य रहेको जानकारी दिए । उनका अनुसार संसदमा उठेका विषय र सुझावलाई समेटेर आगामी बजेटमार्फत प्राथमिकताका कार्यक्रम अघि बढाइनेछ ।

राष्ट्रियसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथि दर्ता भएका संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने र सोही बैठकबाट नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit