images images images images
images images images images
images
images
images

बढ्दो बेरुजुले सार्वजनिक निकायको जवाफदेहिता खस्किएको देखायो : राष्ट्रपति

images

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन बुझेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित एक समारोहका बीच महालेखापरीक्षक तोयम रायाले संविधानको धारा २९४ को उपधारा (१) बमोजिम उक्त प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रस्तुत गरेका हन् ।

प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले मुलुकमा बढ्दै गएको सरकारी खर्चको बेरुजुप्रति गम्भीर चासो र चिन्ता व्यक्त गरेको पौडेलको सचिवालयले जनाएको छ । सार्वजनिक निकायहरूमा जवाफदेहिता र पारदर्शिताको अवस्था खस्किँदै गएको उल्लेख गर्दै राष्ट्रपतिले वित्तीय अनुशासन कायम गर्न पदाधिकारीहरूलाई थप जिम्मेवार बन्नुपर्ने बताए । उनले भने, ‘लामो समयदेखि बढ्दै गएको सरकारी खर्चको बेरुजु हेर्दा सार्वजनिक निकायको जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन खस्किएको महसुस भएको छ । बेरुजु फछ्र्यौट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुन सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जवाफदेही हुनुपर्ने देख्दछु।’

images
images

राष्ट्रपतिले अनियमित सरकारी खर्चलाई निरुत्साहित गर्न सके मात्र देशमा दिगो शान्ति, सुशासन र समृद्धिको लक्ष्य प्राप्त हुने धारणा राखे । विशेषगरी उनले राष्ट्रपतिले आगामी दिनमा महालेखापरीक्षकको कार्यालयले आफ्नो संस्थागत सक्षमता र पेशागत क्षमता अभिवृद्धि गर्दै आन्तरिक सुशासनमा अझ बढी क्रियाशिल हुनुपर्नेमा जोड दिए ।

‘सरकारी खर्च रकमको बढ्दो बेरूजु कम गर्दै आर्थिक अनुशासन, जवाफदेहिता, पारदर्शिता कायम राख्ने कार्यमा महालेखापरीक्षकको कार्यालयको भूमिका महत्वपूर्ण हुने हुँदा आगामी दिनमा संस्थागत सक्षमता, पेशागत क्षमता अभिवृद्धि र आन्तरिक सुशासन कायम गर्नेतर्फसमेत कार्यालय अझ क्रियाशिल हुनुपर्ने ठान्छु’, पौडेलले भने ।

images
images

प्रतिक्रिया दिनुहोस्