Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

यान्त्रिक रूपमा कमजोर १७ सवारीसाधन चालक कारबाहीमा

यान्त्रिक रूपमा कमजोर १७ सवारीसाधन चालक कारबाहीमा
विज्ञापन
Advertisement

काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष चेकिङ अभियानमा यान्त्रिक अवस्था कमजोर रहेका १७ वटा सवारीसाधनका चालक कारबाहीमा परेका छन्। सडक दुर्घटना न्यूनीकरण र सडक सुरक्षालाई प्रभावकारी बनाउन कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय प्रवेशद्वार क्षेत्रमा विशेष सवारी जाँच अभियान सञ्चालन गरिएको थियो।

विज्ञापन
Advertisement
Advertisement

अभियानका क्रममा ४७ वटा सवारीसाधनको प्राविधिक तथा यान्त्रिक अवस्था परीक्षण गर्दा १७ वटा सवारीसाधन मापदण्डअनुसार नरहेको भेटिएपछि चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

जाँचका क्रममा केही सवारीसाधनमा ह्याण्डब्रेक दुरुस्त नभएको, लाइट बिग्रिएको, टायर अत्यधिक खिइएको तथा अन्य प्राविधिक समस्या देखिएको ट्राफिक प्रहरीले जनाएको छ। यस्ता कमजोरी भएका सवारीसाधन सडकमा सञ्चालन हुँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले तत्काल कारबाही गरिएको बताइएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले यान्त्रिक रूपमा कमजोर सवारीसाधन सडक सुरक्षाका लागि गम्भीर चुनौती बन्दै गएको बताए। यात्रु, चालक तथा सडक प्रयोगकर्ताको सुरक्षालाई प्राथमिकतामा राखेर नियमित रूपमा विशेष चेकिङ अभियान सञ्चालन भइरहेको उनको भनाइ छ।

उनले सवारीसाधनको सामान्य लापरवाहीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्ने भन्दै यान्त्रिक अवस्था कमजोर भएका सवारीसाधनमाथि निगरानी बढाइएको बताए। ट्राफिक प्रहरीका अनुसार पछिल्लो समय धेरै सडक दुर्घटना सवारीसाधनको प्राविधिक खराबीकै कारण हुने गरेको पाइएको छ।

ट्राफिक प्रहरीले सवारीधनी, यातायात व्यवसायी तथा चालकलाई ब्रेक, टायर, लाइट, इन्जिनलगायत उपकरण नियमित परीक्षण गर्न आग्रह गर्दै आवश्यक मर्मत नगरी सवारी सञ्चालन नगर्न चेतावनी दिएको छ। साथै आगामी दिनमा पनि उपत्यकाका विभिन्न स्थानमा यस्ता विशेष चेकिङ अभियानलाई निरन्तरता दिइने जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit