काठमाडौं । काठमाडौंस्थित एकीकृत मार्केटिङ एजेन्सी भी–चित्र प्रा. लि. ले भारतको मुम्बईमा आयोजित प्रतिष्ठित १५औं ग्लोबल कस्टमर इन्गेजमेन्ट अवार्ड्स २०२६ मा ‘पीआर एजेन्सी अफ द इयर’ को उपाधि जितेको छ।
गत ३० अप्रिलमा मुम्बईको द वेस्टिन मुम्बई गार्डेन सिटीमा सम्पन्न उकत कार्यक्रममा एशिया प्यासिफिक क्षेत्रका उत्कृष्ट एजेन्सी र ब्रान्डहरूलाई उछिन्दै भी–चित्रले यो सफलता प्राप्त गरेको हो।
विश्वकै लोकप्रिय डिजिटल प्लेटफर्म टिकटक सँगको सहकार्यमा सञ्चालित अभियानहरूका लागि भी–चित्रले विभिन्न विधाहरूमा स्वर्ण पुरस्कार पाएको कम्पनीले जनाएको छ।
टिकटक फ्यामिली पेयरिङ अभियान ः यस अभियानका लागि एजेन्सीले ‘बेस्ट इन्टीग्रेटेड पीआर एण्ड डिजिटल इन्गेजमेन्ट’ र ‘बेस्ट मिडिया रिलेसन्स क्याम्पेन’ विधामा दुईवटा स्वर्ण जितेको छ। यसैगरी, टिकटक सेफ्टी एम्बेसडर कार्यक्रमका लागि डिजिटल सुरक्षा सचेतना फैलाउने उद्देश्यले सञ्चालित ‘बेस्ट युज अफ इन्फ्लुएन्सर्स इन पीआर क्याम्पेन’ विधामा पनि कम्पनीले स्वर्ण पुरस्कार प्राप्त गरेको छ।
सन् २०२५ मा नेपालमा टिकटकमाथिको प्रतिबन्ध हटेपछि, विशेषगरी किशोर–किशोरीहरूको सुरक्षालाई लिएर बढेको चिन्ता सम्बोधन गर्न यो अभियान सफल देखिएको थियो। भी–चित्रको सहायक कम्पनी मिडियाम्यानको रणनीतिक र सञ्चार विशेषज्ञताको महत्वपूर्ण भूमिका रहेको थियो। यी दुई संस्थाको सहकार्यले नेपालबाटै विश्वस्तरीय सिर्जनात्मक सोच र प्रभावकारी सञ्चार सम्भव छ भन्ने प्रमाणित गरिदिएको कम्पनीको बुझाइ छ ।















प्रतिक्रिया दिनुहोस्