काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका उत्कृष्ट एजेन्सी डेभलपमेन्ट म्यानेजरहरूलाई लक्षित गर्दै ‘एडीएम ३६०ंग्रोथ समिट १.०’ सम्पन्न गरेको छ।
जेठ २ र ३ गते आयोजित उक्त सम्मेलन ‘एजेन्सी करियर बबाल छ’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको थियो। बीमा क्षेत्रमा एजेन्सी नेतृत्व क्षमता अभिवृद्धि गर्ने, आधुनिक बजार व्यवस्थापन सिकाउने र सहभागीहरूलाई बीमा व्यवसायमा दीर्घकालीन करियर निर्माणका लागि उत्प्रेरित गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। देशभरबाट छानिएका एजेन्सी डेभलपमेन्ट म्यानेजरहरूको यसमा उत्साहजनक सहभागिता रहेको थियो।
यसैगरी, कार्यक्रममा नेपाली बजारका प्रख्यात प्रशिक्षकहरूले सहभागीहरूलाई व्यवसायिक सीप सिकाएका थिए । प्रशिक्षक किशु झा र अजय रेग्मीले सहभागिलाई नेतृत्व विकास, व्यक्तिगत दक्षता, टोली व्यवस्थापन र आधुनिक बीमा बजारका चुनौती एवं अवसरका बारेमा विशेष प्रशिक्षण दिएका हुन् । सो अवसरमा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत कबी फुयाल र प्रमुख बजार अधिकृत गणेश चौलागाईंले एजेन्सी व्यवसायको वर्तमान अवस्था र भविष्यका सम्भावनाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
यस समिटमा सातै प्रदेशका प्रमुख तथा क्षेत्रीय प्रबन्धकहरूको सक्रिय सहभागिता थियो, जसमा तुल्सीनाथ पौड्याल (कोशी), नवराज चौधरी (मधेश), लोकमाया अधिकारी (बागमती), ईश्वर विकल सापकोटा (गण्डकी), सन्तोष कुँवर क्षेत्री (लुम्बिनी), दिपेन्द्र रावत (राप्तीरभेरी), गोविन्द ढकाल (कर्णाली) र लक्ष्मीकान्त जैसी (सुदूरपश्चिम) रहेका छन् ।
सन नेपाल लाइफले आगामी दिनमा पनि एजेन्सी संरचनालाई थप सुदृढ र प्रतिस्पर्धी बनाउन यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। हाल कम्पनीले देशभर १४८ शाखा तथा उपशाखाहरूमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

















प्रतिक्रिया दिनुहोस्