Advertisement
Advertisement
Corporate Samachar
२० असार २०८३, शनिबार
Advertisement

सेबोन अध्यक्षका लागि ४ जनाको नाम ‘शर्टलिस्ट’, क– कसले दिँदैछन् अन्तर्वार्ता ?

सेबोन अध्यक्षका लागि ४ जनाको नाम ‘शर्टलिस्ट’, क– कसले दिँदैछन् अन्तर्वार्ता ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को नयाँ अध्यक्ष नियुक्तिका लागि गठित नाम सिफारिस समितिले ४ जना उम्मेदवारको संक्षिप्त सूची (शर्टलिस्ट) सार्वजनिक गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

समितिले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (३) बमोजिम ४७ जना आवेदकहरू मध्येबाट उत्कृष्ट ४ जनाको नाम छानेको हो।

यसअघि समितिले २०८३ साल वैशाख १५ गते इच्छुक व्यक्तिहरूबाट व्यक्तिगत विवरण (बायोडाटा) माग गरेको थियो। तोकिएको म्यादभित्र आवेदन दिएका कुल ४७ जना मध्येबाट योग्यताका आधारमा डा.नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्टराईको नाम समितिले शर्टलिस्ट गरेको हो ।

उक्त व्यक्तिहरुलाई अन्तर्वार्ताको लागि आउने शुक्रबार बोलाइएको समितिले जनाएको छ। जेठ ८ गते (शुक्रबार) सिंहदरबारस्थित अर्थ मन्त्रालयमा छुट्टाछुट्टै समयमा उनिहरुको अन्तर्वार्ता हुनेछ ।

अन्तर्वाता सकिएपछि छनौट समितिले नियमानुसार उपयुक्त ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ र मन्त्रिपरिषद्को बैठकले उनीहरू मध्येबाट एक जनालाई धितोपत्र बोर्डको आगामी अध्यक्ष पदमा नियुक्त गर्नेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit