Advertisement
Advertisement
Corporate Samachar
२० असार २०८३, शनिबार
Advertisement

राप्ती प्रादेशिक अस्पतालको डेढ बिघा जग्गा अतिक्रमणमा,अस्पताल विस्तारमा समस्या

राप्ती प्रादेशिक अस्पतालको डेढ बिघा जग्गा अतिक्रमणमा,अस्पताल विस्तारमा समस्या
विज्ञापन
Advertisement

तुलसीपुर (दाङ)।  राप्ती प्रादेशिक अस्पतालको करिब डेढ बिघा जग्गा अतिक्रमणमा परेको प्रारम्भिक नापजाँच प्रतिवेदनले देखाएको छ । जिल्ला प्रशासन कार्यालयको प्राविधिक टोलीले सोमबार गरेको नापजाँचपछि अस्पतालको सार्वजनिक जग्गामा ५० भन्दा बढी घर निर्माण भएको पाइएको हो ।

विज्ञापन
Advertisement
Advertisement

अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेका अनुसार सबैभन्दा बढी अतिक्रमण उत्तरतर्फ भएको छ भने पश्चिमतर्फ रानीजरुवा क्षेत्र तथा पूर्वतर्फ पक्की घरहरू निर्माण गरिएको भेटिएको छ ।

अध्यक्ष लामिछानेले अस्पतालको जग्गा अतिक्रमणमा पर्दा अस्पतालका भौतिक संरचना विस्तारमा समस्या भइरहेको बताए । उनले विस्तृत प्रतिवेदन प्राप्त भएपछि अतिक्रमित जग्गा खाली गराउने प्रक्रिया अघि बढाइने जानकारी दिए ।

अतिक्रमित क्षेत्रको दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालसहितको टोलीले पनि अनुगमन गरेको थियो । प्राविधिक टोलीले विस्तृत अध्ययन गरिरहेकाले अन्तिम प्रतिवेदनपछि थप प्रक्रिया अघि बढाइने जनाइएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit