काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको बृहत् प्रदर्शनी ‘फिन इलेक्ट्रो–टेक २०२६’ आयोजना हुने भएको छ।
विद्युत, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रसँग सम्बन्धित यस प्रदर्शनीको मुख्य उदेश्य उपभोक्ता, व्यवसायी र प्राविधिकहरूलाई नवीनतम प्रविधि, अन्तर्राष्ट्रिय मापदण्ड, सुरक्षा प्रणाली र ऊर्जा दक्ष समाधानबारे जानकारी गराउने तथा सुरक्षित विद्युतीय सामग्रीको प्रयोगबारे सचेतना जगाउने रहेको छ।
प्रदर्शनीमा ट्रान्समिसन, स्मार्ट ऊर्जा समाधान, औद्योगिक तथा घरेलु उपकरण, केबुल, एलईडी लाइटिङ्ग, सौर्य ऊर्जा र अटोमेसन प्रणाली लगायतका सामग्रीहरू प्रदर्शन गरिनेछ। सबै स्टलहरू बुकिङ्ग भइसकेको आयोजकले जनाएको छ। प्रदर्शनीको टाइटल स्पोन्सरमा ‘ट्रान्सवेल्ड ट्रान्सर्फमर’ रहेको छ भने पावर बाईमा ‘ह्याभेल्स’ र प्लेटिनम स्पोन्सरमा ‘जनता केइआई’ रहेका छन्।
नविल बैंक अफिसियल बैंक, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स अफिसियल इन्स्योरेन्स र मिडिया स्पेस व्यवस्थापकका रूपमा रहेका छन्। प्रदर्शनीलाई एफएनसीसीआई, सीएनआई र चेम्बर अफ कमर्स लगायतका संस्थाहरूको सहयोग रहेको आयोजकले जनाएको छ।
नेपालसहित विभिन्न देशका प्रतिष्ठित कम्पनीहरूको सहभागिता रहने यस चार दिने मेलामा उद्योगी, व्यवसायी, प्राविधिक, इन्जिनियर र सर्वसाधारण गरी हजारौँ अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ।

















प्रतिक्रिया दिनुहोस्