Advertisement
Advertisement
Corporate Samachar
३१ असार २०८३, बुधबार
Advertisement

बिहान सडकमा गोलभेँडा फ्याँकेका किसानलाई दिउँसो मन्त्रालयमै बोलाएर मन्त्री चौधरीले भनिन्– ‘पीडा बुझेका छौँ, खेतमै आउँछु’

बिहान सडकमा गोलभेँडा फ्याँकेका किसानलाई दिउँसो मन्त्रालयमै बोलाएर मन्त्री चौधरीले भनिन्– ‘पीडा बुझेका छौँ, खेतमै आउँछु’
विज्ञापन
Advertisement

काठमाडौं । बुधबार मध्यान्ह सडकमा गोलभेँडा फ्याँकेर प्रदर्शनमा उत्रिएका किसानहरूसँग कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले वार्ता गरेकी छिन् ।

विज्ञापन
Advertisement
Advertisement

मन्त्री चौधरीले आजै दिउँसो किसान प्रतिनिधिहरूलाई मन्त्रालयमै बोलाएर उनीहरूका समस्या, गुनासा र मागबारे छलफल गरेको उनको निजी सचिवालयले जनाएको छ।
छलफलका क्रममा मन्त्री चौधरीले किसानले उत्पादन गरेको कृषि उपजको उचित मूल्य सुनिश्चित गर्न सरकारले कडा अनुगमनको व्यवस्था गरेको बताइन् ।

उनले कृषि क्षेत्रमा देखिएको बिचौलियाको समस्या समाधानका लागि कृषि विधेयक अघि बढाइएको जानकारी दिँदै भनिन्,‘किसानले उत्पादन गरेको कृषि उपजको उचित मूल्य पाउन् भनेर कडा अनुगमनको व्यवस्था गरेका छौं। बिचौलिया रोक्नका लागि कृषि विधेयक अघि बढाएका छौं।’ कृषि ऐन बनेपछि बिचौलियाको प्रभाव घट्ने उनको भनाइ थियो।

मन्त्री चौधरीले किसानलाई आफ्नो उत्पादन नजिकका हाटबजारमार्फत बिक्री वितरण गर्न आग्रह गर्दै सबै किसानले आफ्ना उत्पादन बिक्रीका लागि कालीमाटी बजारमै आउनुपर्ने अवस्था नरहेको स्पष्ट पारिन् । किसानका पीडा आफूले बुझेको उल्लेख गर्दै मन्त्री चौधरीले आवश्यक परे किसानको खेतमै जान समेत तयार रहेको बताइन् । ‘हामीले किसानका पीडा बुझेका छौँ। किसानका समस्या समाधान गर्न म किसानको खेतमै आउन तयार छु,’ मन्त्री चौधरीले भनिन्,‘आन्दोलनभन्दा संवाद र सहकार्यबाट समस्या समाधान गरौं।’

यस्तै, उनले किसानसम्म रासायनिक मल सहज रूपमा पुर्‍याउन सरकारले अनुगमनलाई प्रभावकारी बनाएको जानकारी गराइन् । छलफलका क्रममा किसानका समस्या गम्भीरतापूर्वक सुन्दै सम्बन्धित निकायसँग समन्वय गरी व्यवहारिक समाधान खोजिने मन्त्रालयले जनाएको छ। मन्त्री चौधरीले आफू पनि किसान परिवारबाट आएको उल्लेख गर्दै किसानको पीडा र संघर्षलाई नजिकबाट बुझेको बताइन् । ‘म पनि किसानकी छोरी हुँ। किसानले भोग्नुपरेको पीडा र संघर्षलाई मैले नजिकबाट बुझेकी छु’ उनले किसान प्रतिनिधिलाई भनिन् ।

छलफलमा सहभागी प्रतिनिधिले आफूहरुले भोग्दै आएको बजार व्यवस्था, उत्पादन मूल्य तथा अन्य समस्याहरु मन्त्रीसामु राखेका थिए। त्यसपछि सरकार किसानको हितप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री चौधरीले उत्पादन वृद्धि, बजार व्यवस्थापन, उचित मूल्य निर्धारण र कृषि क्षेत्रका दीर्घकालीन समस्या समाधानका लागि किसानसँग निरन्तर संवाद र सहकार्य गरिने आस्वासन दिइन् ।

बुधबार बिहान कृषि उपजको उचित मूल्य र बिक्री गर्ने बजार नपाएको भन्दै किसानहरुले माइतिघरमै गोलभेँडा फ्याँकेर प्रर्दशन गरेका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit