Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

राष्ट्रियताको सवालमा विपक्षीको प्रश्न : मन्त्रीज्यू, ‘अतीतको बोझ बोक्न सक्दैनौँ’ भन्नुको अर्थ के हो?

राष्ट्रियताको सवालमा विपक्षीको प्रश्न : मन्त्रीज्यू, ‘अतीतको बोझ बोक्न सक्दैनौँ’ भन्नुको अर्थ के हो?
विज्ञापन
Advertisement

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलहरुले राष्ट्रियताको सवालमा नेपाल सरकार गम्भीर हुनुपर्ने विषयमा ध्यानाकर्षण गराएका छन्।

विज्ञापन
Advertisement
Advertisement

बैठकको सुरूमै विपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले नेकपा (एमाले) का संसदीय दलका उपनेता पद्मा अर्याललाई बोल्न समय दिएका थिए ।

सांसद अर्यालले परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिका सन्दर्भमा जवाफ माग गरिन् । नेता अर्यालले संसद्मा जवाफमा क्रममा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिका सम्बन्धमा असन्तुष्टि व्यक्त गरिन् । ‘अतीतको बोझ बोक्न सक्दैनौँ भनेर मन्त्रीले के चिजलाई भन्न खोजेको हो स्पष्ट हुनुपर्ने उनको भनाइ छ।

‘संसद्मा राष्ट्रियताको सन्दर्भमा छलफल गर्दै गर्दा उहाँले हाम्रो कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत अतिक्रमित जमिनको नेपालको दाबालाई बोक्न सक्दैनौँ भन्नुभएको हो?’ उनले प्रश्न गरिन्,‘कुनै अरू कुनै राष्ट्रिय महत्त्वका विषयलाई भन्नुभएको हो ?’

यसैगरी, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाहको गत जेठ १७ गते सीमाका सम्बन्धमा दिएको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरे । उनले एसइईका विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गर्ने, टेम्पो भीरबाट खसाल्ने र प्रहरीले व्यक्तिको घरमा ढुङ्गा हानेर क्षति पुर्‍याउनेलगायतका काम गलत भएको उल्लेख गरे ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवारज दुलालले प्रधानमन्त्रीको सीमासम्बन्धी राष्ट्रहित विपरित रहेको बताए । ‘प्रधानमन्त्रीज्यूले दिनुभएको सीमा सम्बन्धी अभिव्यक्ति राष्ट्रहित विपरीत छ। यो रेकर्डबाट हटाउनुपर्छ र सभामुखले यसका लागि रुलिङ गर्नुपर्छ । सदनमा आएर प्रधानमन्त्रीले आफ्नो स्पष्टिकरण दिनुपर्छ भन्ने हाम्रो दलको माग जायज नै रहेको छ,’ दुलालले भने ।

त्यसैगरी उनले दार्चुलामा भारतीय सेनाको हेलिकोप्टर अवतरण गरेको भन्ने समाचारप्रति सरकारको ध्यानाकर्षण गराउँदै यसबारे स्पष्ट जवाफ माग गरे । भारतीय सुरक्षा निकायका उच्च अधिकारी सवार रहेको भन्ने सूचना सार्वजनिक भएको उल्लेख गर्दै उनले घटनाको वास्तविकता सार्वजनिक गर्न सरकारसँग आग्रह गरे । ‘हिजो भर्खरै एउटा समाचार आयो, भारतीय सेनाको हेलिकोप्टर दार्चुलाको एउटा भूमिमा अवतरण गरेको र त्यहाँ भारतीय सुरक्षा निकायका कुनै प्रमुख व्यक्तित्व सवार भएको भन्ने सूचना आएको छ। यसबारे के हो, म सरकारको जवाफ चाहन्छु,’ उनले भने ।

यस्तै, उनले इलामको प्रसिद्ध चिया उद्योग बन्द हुन लागेको विषयमा सरकारको ध्यानाकर्षण गराए ।

नेपाली कांग्रेसका सांसद रेनुका काउँचाले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानबिनसम्बन्धी समितिले तयार गरेको प्रतिवेदन सार्वजनिक हुनुपर्ने माग गरिन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद भरत गिरीले नवलपरासीको सुस्तामा भारतीय सुरक्षाकर्मी एसएसबीको हस्तक्षेपप्रति विनावर्दीका सिपाही बनेर नेपाली नागरिकले देखाएको अदम्य साहसप्रति सम्मान गरे । उनले सीमा क्षेत्रमा रहेका नेपालीहरूप्रति सरकार संवेदनशील हुनुपर्ने माग गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit