काठमाडौं। विश्व फुटबलको महाकुम्भ ‘फिफा विश्वकप २०२६’ सुरु भइसकेको छ।
रोमाञ्चक प्रतिस्पर्धासहित जारी समूह चरणका खेलहरूबाटै विश्वभरका फुटबल समर्थकहरू उत्साहित भइरहेका बेला डिशहोमले नेपाली दर्शकहरूका लागि विशेष सुविधा ल्याएको जनाएको छ। डिशहोमले मोबाइल तथा टेलिभिजन दुवै माध्यमबाट विश्वकपका सम्पूर्ण खेलहरू प्रत्यक्ष हेर्ने सुविधा उपलब्ध गराइरहेको जनाएको हो ।
फुटबल समर्थकहरूको फरक–फरक आवश्यकता र हेर्ने शैलीलाई ध्यानमा राख्दै डिशहोमले आफ्नो डिजिटल प्लेटफर्म ‘डिगो एप’ तथा डीटीएच र आईपी टिभी सेवामार्फत विभिन्न विश्वकप पासहरू उपलब्ध गराएको छ। घरमै ठूलो स्क्रिनमा विश्वकपको मज्जा लिन चाहनेदेखि मोबाइलमार्फत जहाँसुकै खेल हेर्न चाहने दर्शकसम्मका लागि उपयुक्त विकल्प प्रदान गरिएको कम्पनीले जनाएको छ।
डिगो एपमार्फत नेपालभित्र जहाँसुकै विश्वकप
डिगो एप नेपालभित्र मात्र उपलब्ध इन्टरनेटमा आधारित डिजिटल स्ट्रिमिङ प्लेटफर्म हो, जसमार्फत दर्शकहरूले मोबाइल, ट्याब्लेट, ल्यापटप तथा एन्ड्रोइड टेलिभिजनमा विश्वकपका खेलहरू प्रत्यक्ष हेर्न सक्नेछन्। यस अन्तर्गत दुईवटा पास उपलब्ध गराइएको कम्पनीले स्पष्ट गरेको छ ।
पहिलो, मोबाइल पास : कम्पनीका अनुसार मोबाइल वा ट्याब्लेटमा विश्वकप हेर्न चाहने दर्शकहरूका लागि यो सबैभन्दा किफायती (५४९ रुपैयाँमै पाइने) विकल्प हो। यो पासमार्फत एउटै खाताबाट मोबाइल र ट्याब्लेट दुवैमा लगइन गर्न सकिने भए पनि एक पटकमा एउटा उपकरणमा मात्र प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ।
सिजन पास : अझ बढी सुविधा र बहु–उपकरण पहुँच चाहने दर्शकहरूका लागि यो पास उपलब्ध रहेको उल्लेख छ।९९९ रुपैयाँ पर्ने यस पासमार्फत दुईवटा उपकरणमा एकैसाथ स्ट्रिमिङ गर्न सकिनेछ। मोबाइल, ट्याब्लेट, ल्यापटप तथा एन्ड्रोइड टेलिभिजनमध्ये कुनै पनि दुई उपकरणमा विश्वकपको रोमाञ्चकता अनुभव गर्न सकिने कम्पनीले जनाएको छ।
परिवार तथा साथीभाइसँग बसेर ठूलो स्क्रिनमा विश्वकप हेर्न चाहने दर्शकहरूका लागि डिशहोमले ९९९ रुपैयाँमा टेलिभिजन सिजन पास उपलब्ध गराएको छ। यसमार्फत ग्राहकहरूले डिशहोम डीटीएच एचडी सेट–टप बक्स तथा आईपी टिभी सेट–टप बक्समा फुल एचडी गुणस्तरमा विश्वकपका सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्। यो सुविधाको लाभ लिन ग्राहकहरूको नियमित सदस्यता सक्रिय हुनु अनिवार्य छ।
डिशहोमले डिगो सिजन पास र टेलिभिजन सिजन पास फरक–फरक सेवा भएको स्पष्ट पारेको छ। ९९९ रुपैयाँको डिगो सिजन पासमार्फत एन्ड्रोइड टेलिभिजन प्रयोगकर्ताले डिगो एपमार्फत सिधै टेलिभिजनमै खेलको मज्जा लिन सक्नेछन्। तर, डिशहोम डीटीएच सेट–टप बक्स वा डिशहोम आईपी टिभी सेट–टप बक्समार्फत विश्वकप हेर्न चाहने ग्राहकहरूले अनिवार्य रूपमा टेलिभिजन सिजन पास नै खरिद गर्नुपर्नेछ। डिगो सिजन पासले डिशहोम डीटीएच वा आईपी टिभी सेवामा पहुँच प्रदान गर्दैन।
यदि कुनै ग्राहकले घरमा सेट–टप बक्समार्फत र बाहिर रहँदा मोबाइलमा (डिगो एप) विश्वकप हेर्न चाहन्छन् भने डिगो सिजन पास र टेलिभिजन सिजन पास दुवै छुट्टाछुट्टै खरिद गर्नुपर्ने कम्पनीको भनाइ छ। विश्वकपका कुनै पनि महत्त्वपूर्ण खेल नछुटाउन ग्राहकहरूले आफ्नो आवश्यकता अनुसारको सेवा छनोट गरी सहज रूपमा पास खरिद गर्न सक्नेछन्।

















प्रतिक्रिया दिनुहोस्