Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

मुक्तिनाथ विकास बैंकद्वारा प्रहरी कार्यालयलाई कम्प्युटर र फर्निचर सहयोग

मुक्तिनाथ विकास बैंकद्वारा प्रहरी कार्यालयलाई कम्प्युटर र फर्निचर सहयोग
विज्ञापन
Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न जिल्लाका प्रहरी कार्यालयहरूलाई आवश्यक कार्यालय तथा सुरक्षा सामग्री सहयोग गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

समुदायको सुरक्षा र सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र व्यवस्थित बनाउने उद्देश्यले बैंकले यो सहयोग उपलब्ध गराएको हो। बैंकले दिएको जानकारी अनुसार विभिन्न जिल्लाका प्रहरी कार्यालय, इलाका प्रहरी तथा ट्राफिक प्रहरी कार्यालयहरूलाई उनीहरूको आवश्यकताका आधारमा सामानहरू हस्तान्तरण गरिएको छ।

बैंकका अनुसार जिल्ला प्रहरी कार्यालय घोराहीलाई दाङकम्प्युटर, फर्निचर तथा कार्यालय सामग्री, जिल्ला प्रहरी कार्यालय धादिङमा कम्प्युटर, फर्निचर तथा कार्यालय सामग्री, प्रहरी चौकी साईगाउँ, बाँकेमा कम्प्युटर, फर्निचर तथा कार्यालय सामग्री, जिल्ला प्रहरी कार्यालय काँकरभिट्टालाई पनि कम्प्युटर, फर्निचर तथा कार्यालय सामग्री प्रदाना गरेको छ। साथै, बर्दियाको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुलरियालाई डिभाइडर तथा चेतनामूलक बोर्डहरू उपलब्ध गराएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बैंकले उपलब्ध गराएको यो सहयोगबाट प्रहरी कार्यालयहरूको प्रशासनिक कार्यसम्पादन, अभिलेख व्यवस्थापन र दैनिक सेवा प्रवाहलाई थप व्यवस्थित र चुस्त बनाउन महत्त्वपूर्ण मद्दत पुग्ने विश्वास लिइएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit