Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

काठमाडौंमा बिहीबारदेखि ‘सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट’ आयोजना हुँदै

काठमाडौंमा बिहीबारदेखि ‘सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट’ आयोजना हुँदै
विज्ञापन
Advertisement

काठमाडौं । बिहीबारदेखि काठमाडौंमा दुई दिने ‘सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट २०२५’ आयोजना हुने भएको छ । ‘इन एशोसिएशन विथ टिङ्टींग र पावर्ड बाई सस्तो टिकेट्स’ रहेको उक्त फेस्ट बिहीबार र शुक्रबार सञ्चालन हुनेछ ।

विज्ञापन
Advertisement
Advertisement

काठमाडौंको बत्तिसपुतलीस्थित अनुपनुम फुडल्यान्डमा कात्तिक २७ र २८ गते सञ्चालन हुने यस फेस्टमा सातै प्रदेशका १५० भन्दा बढी स्टार्टअप र इनोभेसनमा रुची राख्नेहरु सहभागी हुने आयोजकले जनाएको छ ।

‘लिभिङ विथ आइसिटी’ र ‘आइसिटी फाउन्डेसन नेपालर स्क्वाड अफ चेन्ज मेकर’ को संयुक्त आयोजनामा हुने फेस्टमा सफ्टवेयर, रोबोटिक्स, ड्रोन, एआई प्रविधि, रकेट तथा एरो स्पेससम्बन्धी उत्पादन तथा सेवाहरू प्रदर्शनीमा राखिने छन्। साथै फेस्टमा ड्रोन तथा रोबोटिक्स प्रतियोगिता र जब फेयर समेत सञ्चालन हुने आयोजकको भनाइ छ । उक्त प्रर्दशनीमा सनवे कलेजले आफ्ना एआई प्रविधि सम्बन्धी विभिन्न नयाँ प्रोजेक्टहरु प्रर्दशनीका लागि राख्ने जनाएको छ ।

फेस्टमा आइसिटी अवार्ड २०२५ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार, सोसल इनोभेसन लगायतका विधाका ५० भन्दा बढी सेमिफाइनलिस्टहरू पनि सहभागी हुनेछन् । अवलोकन कर्ताले ती प्रडक्ट तथा इनोभेसनलाई प्रत्यक्ष अवलोकन गर्ने र भोट गर्ने समेत अवसर पाउनेछन् । आयोजकको भनाइ अनुसार देशमै कार्यरत युवा पुस्ताका स्टार्टअप, विद्यार्थी र नवप्रर्वतन प्रवर्द्धन गर्न तथा उद्यमशीलताको विकासमा टेवा पुर्याउने उद्देश्यले यो फेस्ट आयोजना गर्न लागिएको हो ।

यस्तै, उक्त फेस्टमा आइटी क्षेत्रमा इन्टर्न र जब खोज्नेहरुका लागि समेत उचित अवसरहरु प्रदान आयोजकले जानकारी दिएको छ । आइसिटी अवार्ड २०२५ का लागि समेत हाल विभिन्न १५ विधामा छनोट प्रकृया जारी रहेको आयोजकले बताएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit