Advertisement
Advertisement
Corporate Samachar
६ मंसिर २०८३, आईतवार
Advertisement
Advertisement

प्रधानमन्त्री बालेन भारत जाँदै, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उर्जामन्त्रीलाई

प्रधानमन्त्री बालेन भारत जाँदै, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उर्जामन्त्रीलाई
फाइल फोटो
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुईदिने औपचारिक भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पाएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत भ्रमणमा जाने भएपछि मन्त्रिपरिषद्को वरियताक्रमअनुसार श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो । प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सञ्चालन गर्ने जिम्मेवारी श्रेष्ठलाई दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिसकेको स्रोतले जनाएको छ । प्रधानमन्त्रीको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्नेछन् ।

प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आज दुईदिने राजकीय भ्रमणका लागि भारतको नयाँदिल्ली प्रस्थान गर्दैछन् । बालेन टोली नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत उनी दिउँसो १ बजेर ४५ मिनेटमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सरकारका तर्फबाट वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले उनलाई स्वागत गर्ने कार्यक्रम छ । दिल्ली पुगेपछि प्रधानमन्त्री शाह होटल ताजमहलमा रहनेछन् । आजै साँझ ६ बजे (नेपाली समयअनुसार ६ः१५ बजे) भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ ।

भ्रमणको दोस्रो दिन भोलि (मंसिर ७ गते) प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवनमा बिहान १०ः१५ बजे औपचारिक स्वागत तथा गार्ड अफ अनर प्रदान गरिनेछ । त्यसपछि उनी महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन् । त्यसपछि बिहान ११ः१५ बजे नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग उनको भेटवार्ता हुनेछ। सुरुमा दुई नेताबीच एक्लाएक्लै र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने कार्यक्रम छ। वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्ष, व्यापार, पारवहन, लगानी, ऊर्जा, हवाई सम्पर्क, पूर्वाधार विकास तथा आपसी सहयोगका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

दुई प्रधानमन्त्रीबीचको वार्तापछि दिउँसो १२ः४० बजे विभिन्न समझदारीपत्र तथा सम्झौताहरू आदानप्रदान गर्ने र संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहको सम्मानमा दिवाभोजसमेत आयोजना गर्नेछन् । भ्रमणका क्रममा ऊर्जा तथा सम्पर्क सञ्जाल विस्तारसँग सम्बन्धित सम्पन्न परियोजनाको संयुक्त उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम पनि रहेको छ । शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने समझदारीपत्र आदानप्रदान गर्ने तयारी छ ।प्रधानमन्त्री शाहले भोलि अपराह्न ३ः३० बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नेछन् । त्यसपछि अपराह्न ५ बजेर ५ मिनेटमा (भारतीय समयअनुसार ४ः५० बजे) उनी दिल्लीबाट स्वदेश फर्किने कार्यक्रम छ ।

यो प्रधानमन्त्री शाहको पदभार ग्रहण गरेपछिको पहिलो औपचारिक भारत भ्रमण हो। भ्रमणबाट दुई देशबीचको द्विपक्षीय सम्बन्ध थप सुदृढ हुनुका साथै आर्थिक, ऊर्जा, व्यापार तथा पूर्वाधार विकासका क्षेत्रमा सहकार्य विस्तार हुने अपेक्षा गरिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit