Advertisement
Advertisement
Corporate Samachar
७ मंसिर २०८३, सोमबार
Advertisement
Advertisement

भारतमा प्रधानमन्त्री बालेनलाई ‘गार्ड अफ अनर’, मोदीसँग आज उच्चस्तरीय वार्ता हुँदै

भारतमा प्रधानमन्त्री बालेनलाई ‘गार्ड अफ अनर’, मोदीसँग आज उच्चस्तरीय वार्ता हुँदै
विज्ञापन
Advertisement

काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार बिहान ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्रपति भवन परिसरमा आयोजित विशेष समारोहमा भारतीय सेनाको एक टुकडीले प्रधानमन्त्री शाहलाई सम्मान गारद अर्पण गरेको हो। उक्त अवसरमा भारतीय समकक्षी नरेन्द्र मोदीले बालेनलाई स्वागत गरेका थिए । भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा आइतबार नयाँदिल्ली पुगेका शाहको यो प्रधानमन्त्रीका रूपमा पहिलो औपचारिक विदेश भ्रमण हो। भ्रमणको दोस्रो दिन आज प्रधानमन्त्रीले राष्ट्रपतिलगायत उच्चस्तरीय राजनीतिक भेटघाट गर्नेछन् । साथै, द्विपक्षीय वार्ताका कार्यक्रम समेत तय गरिएका छन्।

भारत पुगेको पहिलो दिन आइतबार साँझ प्रधानमन्त्री शाहले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग शिष्टाचार भेटवार्ता गरेका थिए । नयाँदिल्लीस्थित ताज होटलमा भएको करिब २५ मिनेटको भेटमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षबारे छलफल भएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भेटमा विशेषगरी सम्पर्क सञ्जाल (कनेक्टिभिटी), व्यापार, पारवहन, वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा तथा जनस्तरको सम्बन्धलगायतका विषयमा सहकार्य विस्तार गर्नेबारे विचार आदानप्रदान भएको छ। भेटपछि जयशंकरले नेपालसँगको विशेष मित्रतालाई भारतले उच्च महत्त्व दिएको उल्लेख गर्दै प्रधानमन्त्री शाहसँगको भेटले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

मोदीसँग द्विपक्षीय तथा प्रतिनिधिमण्डलस्तरीय वार्ता

आज बिहान १० बजे राष्ट्रपति भवनमा आयोजित औपचारिक स्वागत समारोहमा सहभागी भएका प्रधानमन्त्री शाहले त्यसपछि बिहान १०:४० बजे नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका छन् । त्यसपछि बिहान ११ बजे हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुनेछ। भेटमा दुई देशबीचको समग्र सम्बन्धको समीक्षा गर्दै आपसी हित र साझा चासोका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

त्यसलगत्तै दुवै देशका प्रतिनिधिमण्डलबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। वार्तामा द्विपक्षीय आर्थिक सम्बन्ध, व्यापार, पारवहन, ऊर्जा, पूर्वाधार विकास, सम्पर्क सञ्जाल तथा लगानीलगायतका विषय प्राथमिकतामा रहनेछन्। दिउँसो १२:३५ बजे विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन, समझदारीपत्र तथा सम्झौताहरू आदानप्रदान र दुवै देशका प्रधानमन्त्रीबाट संयुक्त रूपमा सञ्चारमाध्यमलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

मोदीको दिवाभोजदेखि भारतीय राष्ट्रपतिसँग भेटसम्म

द्विपक्षीय वार्ताका कार्यक्रम सम्पन्न भएपछि दिउँसो १स्१५ बजे भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन्। त्यसपछि दिउँसो ३: १५ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग प्रधानमन्त्री शाहको शिष्टाचार भेटवार्ता हुनेछ। भेटमा नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध र आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। भ्रमणका सबै औपचारिक तथा कूटनीतिक कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह साँझ ४:५० बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्ने कार्यक्रम छ। उनी साँझ ६:३५ बजे काठमाडौं आइपुग्ने कार्यतालिका रहेको छ।

भारतसँग आर्थिक तथा विकास सहकार्यमा विशेष चासो

प्रधानमन्त्री शाहको यस भ्रमणलाई नेपाल–भारत सम्बन्धको आगामी दिशा तय गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ। दुवै देशबीच व्यापार, ऊर्जा, पूर्वाधार, पारवहन तथा लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषय भ्रमणका प्रमुख एजेन्डामा रहेका छन्। यसका साथै नेपालमा हालै आएको बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणमा भारतीय सहयोग, ऊर्जा व्यापार र क्षेत्रीय सम्पर्क सञ्जाल विस्तारका विषयले पनि उच्चस्तरीय वार्तामा महत्त्व पाउने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाहसहित सरकारी अधिकारीहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा रहेको छ। निजी क्षेत्रका ५२ जना व्यवसायीको छुट्टै टोली पनि आफ्नै खर्चमा भ्रमणमा सहभागी भएको छ। प्रधानमन्त्रीका रूपमा शाहको पहिलो भारत भ्रमणले दुई छिमेकी मुलुकबीचको परम्परागत सम्बन्धलाई आर्थिक साझेदारी, विकास सहकार्य र आपसी विश्वासका आधारमा थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit