Advertisement
Advertisement
Corporate Samachar
१२ असार २०८३, शुक्रबार
Advertisement

विश्व बजारमा नेपाली चिया : कहाँ शून्य, कहाँ उच्च भन्सार?

विश्व बजारमा नेपाली चिया : कहाँ शून्य, कहाँ उच्च भन्सार?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली चिया विश्वका विभिन्न मुलुकमा निर्यात हुँदै आए पनि सबै बजारमा समान भन्सार सुविधा उपलब्ध छैन।

विज्ञापन
Advertisement
Advertisement

भारत, चीन, जापान, जर्मनी, बेलायत, फ्रान्स, अस्ट्रेलियालगायत धेरै देशले नेपाली चियामा शून्य प्रतिशत भन्सार सुविधा दिएका छन् भने श्रीलंकाले २० प्रतिशत, पाकिस्तानले १० प्रतिशत, संयुक्त अधिराज्यले ६.८२ प्रतिशत, रुसले ६.७५ प्रतिशत तथा संयुक्त अरब इमिरेट्स (यूएई) ले ५ प्रतिशत भन्सार लगाउने गरेका छन्।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालबाट सबैभन्दा बढी करिब १० अर्ब ३८ करोड रुपैयाँ बराबरको चिया भारत निर्यात भएको छ। भारतपछि जर्मनी, अमेरिका, चीन, जापान, बेलायत, फ्रान्स र नेदरल्यान्ड्स नेपाली चियाका प्रमुख निर्यात बजार हुन्।

यद्यपि, व्यापार विज्ञहरूका अनुसार निर्यातमा भन्सार दर मात्र निर्णायक हुँदैन। गुणस्तर प्रमाणीकरण, स्वास्थ्य तथा वनस्पति सुरक्षा मापदण्ड, प्राविधिक मापदण्ड तथा अन्य गैर-भन्सार अवरोधले पनि अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमता निर्धारण गर्छन्। विशेषगरी भारतले पछिल्लो समय गुणस्तर परीक्षण प्रक्रिया कडा बनाएकाले नेपाली चिया निर्यातमा थप चुनौती सिर्जना भएको उनीहरूको भनाइ छ।

नेपाल आगामी वर्षहरूमा अल्पविकसित राष्ट्र (एलडीसी) बाट स्तरोन्नति हुने तयारीमा रहेकाले हाल प्राप्त केही भन्सार सहुलियत क्रमशः घट्न सक्ने सम्भावना छ। त्यसैले गुणस्तर सुधार, ब्रान्डिङ, मूल्य अभिवृद्धि तथा नयाँ अन्तर्राष्ट्रिय बजार विस्तारमा जोड दिनुपर्ने आवश्यकता विज्ञहरूले औंल्याएका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit