Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

विष्णु पौडेल कम्तीमा १५ दिन हिरासतमा रहने, तेस्रो पटक भयो म्याद थप

विष्णु पौडेल कम्तीमा १५ दिन हिरासतमा रहने, तेस्रो पटक भयो म्याद थप
विज्ञापन
Advertisement

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि विशेष अदालतले तेस्रोपटक ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

विज्ञापन
Advertisement
Advertisement

असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेलविरुद्ध अनुसन्धान गर्न यसअघि लिइएको म्याद बुधबार सकिएपछि विशेष अदालतले बिहीबारदेखि लागू हुने गरी थप ६ दिनको म्याद दिएको हो।
विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले अनुसन्धानका लागि म्याद थप गर्ने आदेश दिएको हो।

पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो। विभागले उनको शेयर कारोबार तथा सम्पत्तिको स्रोत शंकास्पद देखिएको भन्दै सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढाएको जनाएको छ।

यसअघि अदालतले पहिलोपटक ५ दिन र दोस्रोपटक ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो। तेस्रोपटक ६ दिन म्याद थप भएसँगै पौडेल अब कम्तीमा १५ दिन हिरासतमा रहने भएका छन्।उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान जारी रहेको र त्यसका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit