Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

१० जिल्लाका सरकारी विद्यालयलाई मुक्तिनाथ विकास बैंकको सहयोग

१० जिल्लाका सरकारी विद्यालयलाई मुक्तिनाथ विकास बैंकको सहयोग
विज्ञापन
Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंकले देशका विभिन्न जिल्लाका सरकारी विद्यालयमा अध्ययनरत हजार भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री तथा सहयोग प्रदान गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले मोरङ, महोत्तरी, अर्घाखाँची, डडेलधुरा, रुपन्देही, उदयपुर, झापा, नवलपरासी, सर्लाही र कञ्चनपुरका विभिन्न विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाक, स्कूल ब्याग, स्टेशनरी सामग्री, खेलकुद सामग्री तथा अन्य शैक्षिक सामग्री वितरण गरेको जनाएको छ। यसबाट एक हजारभन्दा बढी विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

 

 

 

यस्तै, सामाजिक संस्था ‘अस्तित्व नेपाल’सँगको सहकार्यमा आगलागीबाट प्रभावित तथा आर्थिक रूपमा कमजोर ६ जना बालबालिकाको एक शैक्षिक वर्षको अध्ययन खर्चसमेत बैंकले व्यहोरेको जनाएको छ। बैंकले सुर्खेतस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, खजुरामा डिजिटल स्मार्ट बोर्ड, रुपन्देहीको देवदहस्थित विद्यालयमा सिलिङ पंखा तथा महोत्तरी र रुपन्देहीका विद्यालयलाई खेलकुद सामग्री पनि हस्तान्तरण गरेको बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङले जानकारी दिए ।

आर्थिक रूपमा कमजोर विद्यार्थीको अध्ययनलाई सहज बनाउने उद्देश्यले गरिएको यस सहयोगले विद्यालय, विद्यार्थी तथा अभिभावकमा सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले व्यक्त गरेको छ। शिक्षा सामाजिक तथा आर्थिक रूपान्तरणको आधार भएकाले यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने बैंकले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit