Advertisement
Advertisement
Corporate Samachar
२९ असार २०८३, सोमबार
Advertisement

जाजरकोटमा पहिरोले पुरिँदा महिलाको मृत्यु

जाजरकोटमा पहिरोले पुरिँदा महिलाको मृत्यु
विज्ञापन
Advertisement

जाजरकोट। जाजरकोटमा अविरल वर्षापछि आएको पहिरोले अस्थायी टहरा पुरिँदा एक महिलाको मृत्यु भएको छ। जिल्लाको भेरी नगरपालिका– २, राङ्सी निवासी ६० वर्षीया जयशिला शाहको पहिरोमा परी मृत्यु भएको हो।

विज्ञापन
Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार गएराति परेको वर्षापछि आएको पहिरोले २०८० साल कार्तिक १७ गतेको भूकम्पपछि निर्माण गरिएको अस्थायी टहरा पुरेको थियो। टहराभित्र रहेकी शाहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा परेकी शाहकी ४० वर्षीया छोरी मेनुका शाह थापा र सात वर्षीया नातिनी टिका थापालाई भने स्थानीय र सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit