Advertisement
Advertisement
Corporate Samachar
२९ असार २०८३, सोमबार
Advertisement

लाछेवारमा पहिरोले दुइवटा पक्की पुल बगायो, दुगड हाइड्रोको ड्यामसाइडमा क्षति

लाछेवारमा पहिरोले  दुइवटा पक्की पुल बगायो, दुगड हाइड्रोको ड्यामसाइडमा क्षति
विज्ञापन
Advertisement

रामेछाप । गएराति परेको अविरल वर्षापछि रामेछापको उमाकुण्ड गाउँपालिका–१ स्थित अन्तिम मानव बस्ती लाछेवार क्षेत्रमा ठूलो पहिरो गएको छ ।

विज्ञापन
Advertisement
Advertisement

स्थानीय ग्याल्जेन शेर्पाले दिएको जानकारीअनुसार पहिरोपछि ठाडोखोलामा आएको बाढीले लाछेवार क्षेत्रका भौतिक संरचनामा समेत क्षति पुर्याएको छ।

पहिरोले उक्त क्षेत्रमा सञ्चालित एक होटल बगाएको छभने, दुगड हाइड्रोपावरको ७७ मेगावाट आयोजनाको ड्याम क्षेत्रमा समेत क्षति पुगेको बताइएको छ।

स्थानीय शेर्पाका अनुसार पहिरो तथा अविरल वर्षाका कारण उक्त क्षेत्रमा रहेका दुईवटा मोटरेबल पुल समेत बगाएको छ । पुल र सडकमा क्षति भएसँगै हाल लाछेवार जाने सडक सम्पर्क अवरुद्ध भएको छ । घटनाबाट भएको भौतिक क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ।नेपाल न्यूज बैंक

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit