Advertisement
Advertisement
Corporate Samachar
३१ असार २०८३, बुधबार
Advertisement

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
विज्ञापन
Advertisement

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । बैठक बुधबार ११ बजे सिंहदरबारमा बस्ने भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

आजको बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘राष्ट्रिय मानव अधिकार आयोगको अठारौं वार्षिक प्रतिवेदन (२०८१ श्रावण २०८२ आषाढ मसान्तसम्म)’ पेस गर्ने, ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन आ.व. २०८१/०८२’ पेस गर्ने र ‘राष्ट्रिय समावेशी आयोगको सातौं वार्षिक प्रतिवेदन आ.व.२०८१/०८२’ पेस गर्ने कार्यसूची रहेको छ ।

बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ माथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit