Advertisement
Advertisement
Corporate Samachar
८ श्रावण २०८३, शुक्रबार
Advertisement
Advertisement

कानून निर्माणबारे मन्त्रालयले थाल्यो छलफल, महिनाको पहिलो सोमबार बैठक डाकिने

कानून निर्माणबारे मन्त्रालयले थाल्यो छलफल, महिनाको पहिलो सोमबार बैठक डाकिने
विज्ञापन
Advertisement

काठमाडौं। चालु आर्थिक वर्षलाई कानून सुधार र निर्माण वर्ष घोषणा गरेको कानून मन्त्रालयले लक्ष्य पूरा गर्नका लागि आवश्यक तयारीका सम्बन्धमा सबै मन्त्रालयसँग छलफल गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कानून मन्त्रालयले सोमबार सबै मन्त्रालयका कानून शाखारमहाशाखाबीच छलफल गरेको कानूनमन्त्री सोबिता गौतमको सचिवालयले जनाएको छ। प्रत्येक महिनाको पहिलो सोमबार यो बैठक नियमित हुने मन्त्री गौतमको सचिवालयले जानकारी दिएको हो। ‘कानून निर्माण वर्ष सफल बनाउन तथा सङ्‍घीय संसद्लाई आवश्यक विधायिकी कार्य उपलब्ध गराउने उद्देश्यले निर्धारण भएका १६६ विधेयकको लक्ष्य पूरा गर्नका लागि आजबाट छलफल थालेका हौं, यो छलफल प्रत्येक महिनाको पहिलो सोमबार हुनेछ,’ मन्त्री गौतमको सचिवालयले जनाएको छ।

आगामी आर्थिक वर्षमा निर्माण गरिने १६६ विधेयकहरूको सूची यसअघि नै कानून मन्त्रालयले संघीय संसद्‍मा बुझाइसकेको छ। विकासको लागि सहज वातावरण निर्माण गर्न यो वर्ष कानून सुधार र निर्माणमा ध्यान दिँदै मन्त्रालयले ९ बुँदे कार्ययोजना तयारसमेत तयार पारिसकेको छ। सरकारले संसद्लाई विजनेशको अभाव हुन नदिने प्रतिबद्धता पनि जनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit