Advertisement
Advertisement
Corporate Samachar
८ श्रावण २०८३, शुक्रबार
Advertisement
Advertisement

राष्ट्रिय वाणिज्य बैंकको डीसीईओमा पवन रेग्मी

राष्ट्रिय वाणिज्य बैंकको डीसीईओमा पवन रेग्मी
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा पवन रेग्मी बढुवा भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

बैंकको सञ्चालक समितिको असार ३२ गते बसेको बैठकले ११ तहमा कार्यरत उप–कार्यकारी अधिकृत (डीईओ) रेग्मीलाई डीसीईओ पदमा बढुवा गर्ने निर्णय गरेको हो । अर्थशास्त्रमा एमफिल तथा एमबीएस गरेका रेग्मीले सन् २०६२ देखि हालसम्म राष्ट्रिय वाणिज्य बैंकमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका छन्।

यसैगरी, बैंकको सञ्चालक समितिको साउन ३० गते बसेको बैठकले मुख्य प्रबन्धक (लेखा) निम्बल श्रेष्ठ र मुख्य प्रबन्धक भीमप्रसाद घिमिरेलाई तह ११ को उप–कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ। बैंकले नयाँ नेतृत्व तथा व्यवस्थापकीय तहको सुदृढीकरणसँगै सेवा प्रवाह र संस्थागत क्षमता अभिवृद्धिमा थप योगदान पुग्ने विश्वास लिएको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit