Advertisement
Advertisement
Corporate Samachar
८ श्रावण २०८३, शुक्रबार
Advertisement
Advertisement

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ४६.७ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी १३ रुपैयाँ १९ पैसा

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ४६.७ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी १३ रुपैयाँ १९ पैसा
विज्ञापन
Advertisement

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा ४६.७ प्रतिशतले खुद मुनाफा वृद्धि गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले ८८ करोड ९९ लाख ३७ हजार खुद मुनाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद मुनाफा ६० करोड ६६ लाख रहेको थियो।

विज्ञापन
Advertisement
Advertisement

बैंकको वितरणयोग्य मुनाफा ४९ करोड २३ लाख ७७ हजार पुगेको छ। यससँगै वार्षिकीकृत प्रतिशेयर आम्दानी १३ रुपैयाँ १९ पैसा पुगेको छ, जुन अघिल्लो वर्ष १० रुपैयाँ ३६ पैसा थियो। बैंकको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ५० पैसा र मूल्य–आम्दानी अनुपात १६.९५ रहेको छ।

वित्तीय विवरणअनुसार बैंकको कुल सम्पत्ति ६६ अर्ब ४ करोड पुगेको छ। निक्षेप संकलन ५६ अर्ब ९२ करोड र ग्राहकतर्फको कर्जा तथा सापट ४५ अर्ब ८७ करोड पुगेको छ। समीक्षा अवधिमा बैंकले २ अर्ब ४२ करोड खुद ब्याज आम्दानी तथा रु. १ अर्ब ३५ करोड सञ्चालन मुनाफा आर्जन गरेको जनाएको छ।

यद्यपि, बैंकको निष्क्रिय कर्जा ५.५२ प्रतिशत पुगेको छ,जुन अघिल्लो वर्षको ४.९५ प्रतिशतभन्दा केही बढी हो। बैंकको पूँजी कोष अनुपात १४.६३ प्रतिशत, तरलता अनुपात २६.२१ प्रतिशत, बेस रेट ६.८७ प्रतिशत, ब्याजदर अन्तर (स्प्रेड) ४.१४ प्रतिशत तथा इक्विटीमा प्रतिफल १४.५२ प्रतिशत रहेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit