Advertisement
Advertisement
Corporate Samachar
१० मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

सुर्खेतमा एसएमएल महिन्द्राको नयाँ ‘हिरोई’ स्कुल बस सार्वजनिक

सुर्खेतमा एसएमएल महिन्द्राको नयाँ ‘हिरोई’ स्कुल बस सार्वजनिक
विज्ञापन
Advertisement

सुर्खेत। एसएमएल महिन्द्राको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले सुर्खेतमा ग्राहक भेटघाट कार्यक्रममा ‘हिरोई बीएस६ स्कुल बस’ सार्वजनिक गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

विद्यालय सञ्चालक, यातायात व्यवसायी, फ्लीट सञ्चालक, उद्योगी–व्यवसायी तथा कम्पनीका ग्राहकहरूको सहभागितामा भेटघाट कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको मुख्य आकर्षणका रूपमा कम्पनीले एसएमएल महिन्द्राको नयाँ ‘हिरोई बीएस६ स्कुल बस’ नेपाली बजारमा सार्वजनिक गरेको जनाएको छ। बसको लन्च एसएमएल महिन्द्रा लिमिटेडका नेपाल कन्ट्री म्यानेजर सुमन नागपाल र लक्ष्मी कमर्सियल भेहिकल्सका सेल्स तथा आफ्टर सेल्स हेड संजय खड्काले संयुक्त रूपमा गरेका हुन्।

कार्यक्रममा कम्पनीका प्रतिनिधिहरूले नेपालको विद्यालय यातायात क्षेत्रलाई थप सुरक्षित, आधुनिक र भरपर्दो बनाउने उद्देश्यले हिरोई स्कुल बस बजारमा ल्याइएको जानकारी दिए।

कम्पनीका अनुसार नेपाल सरकारको विद्यालय बससम्बन्धी सिट क्षमताको मापदण्डअनुसार हिरोई बस ३६ सिटदेखि ५६ सिटसम्मका विभिन्न भेरियन्टमा उपलब्ध हुनेछ। विद्यालयको आवश्यकता र सञ्चालन क्षमताअनुसार ग्राहकले उपयुक्त मोडल छनोट गर्न सक्ने कम्पनीले जनाएको छ।

हिरोई स्कुल बस बीएस६ फेज–टु (ओबीडी–२) उत्सर्जन मापदण्डअनुसार निर्माण गरिएको छ। यसमा इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल (ईएससी), हिल स्टार्ट असिस्ट, इलेक्ट्रोनिक हाइड्रोलिक कन्ट्रोल युनिट, मल्टि इन्फरमेसन मिटर क्लस्टर, गियर कोचिङ सिस्टम तथा पावर एन्ड इकोनोमी ड्राइभिङ मोडजस्ता आधुनिक प्रविधि समावेश गरिएको छ।

यी प्रविधिले बसको सुरक्षा, इन्धन दक्षता र सञ्चालन क्षमतामा सुधार ल्याउने कम्पनीको दाबी छ। साथै, बसमा आरामदायी सिट व्यवस्था, उत्कृष्ट सस्पेन्सन प्रणाली, कम सञ्चालन तथा मर्मत खर्च र भरपर्दो बिक्रीपछिको सेवा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

ग्राहक भेटघाट कार्यक्रममा कम्पनीले ग्राहक तथा व्यवसायिक साझेदारसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै बिक्रीपछिको सेवा, स्पेयर पार्ट्स उपलब्धता, प्राविधिक सहयोग तथा आगामी योजनाबारे जानकारी दिएको थियो। लक्ष्मी कमर्सियल भेहिकल्सले गुणस्तरीय उत्पादन, विश्वसनीय बिक्रीपछिको सेवा र नवीन यातायात समाधानमार्फत नेपाली बजारमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउने प्रतिबद्धता जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit