Advertisement
Advertisement
Corporate Samachar
९ भाद्र २०८३, मंगलवार
Advertisement
Advertisement

ट्रन्क्यूलिटी स्पा नेपालको पहिलो आईएसओ ९००१:२०१५ प्रमाणित वेलनेस ब्रान्ड

ट्रन्क्यूलिटी स्पा नेपालको पहिलो आईएसओ ९००१:२०१५ प्रमाणित वेलनेस ब्रान्ड
विज्ञापन
Advertisement

काठमाडौं । नेपालको वेलनेस तथा स्पा उद्योगमा अग्रणी ट्रन्क्यूलिटी स्पा प्रा.लि.ले आईएसओ ९००१:२०१५ गुणस्तर व्यवस्थापन प्रणालीको अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गर्दै नयाँ इतिहास रचेको छ।

विज्ञापन
Advertisement
Advertisement

यससँगै ट्रन्क्यूलिटी स्पा नेपालको पहिलो तथा हालसम्मको एकमात्र आईएसओ ९००१:२०१५ प्रमाणित स्पा तथा वेलनेस ब्रान्ड बनेको कम्पनीले जनाएको छ।

यो प्रमाणपत्र युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस) बाट प्रदान गरिएको हो। यूआरएस युकेएएस  र आईएएफ मान्यता प्राप्त विश्वव्यापी प्रमाणीकरण निकाय हो। प्राप्त प्रमाणपत्रले ट्रन्क्यूलिटी स्पाले सञ्चालन गर्ने सम्पूर्ण वेलनेस तथा ब्युटी सेवाहरू अन्तर्राष्ट्रिय गुणस्तर व्यवस्थापन मापदण्डअनुसार सञ्चालन भइरहेको पुष्टि गरेको छ।

प्रमाणीकरणको दायरामा थेराप्युटिक मसाज, सबै प्रकारका ब्युटी थेरापी, स्टिम, सौना, ज्याकुजी, जिम, स्विमिङ पुल तथा टेनिस सुविधा समावेश छन्। यसले कम्पनीको सेवा प्रणाली, सञ्चालन प्रक्रिया, सरसफाइ मापदण्ड र ग्राहक सेवाले अन्तर्राष्ट्रिय स्तरको गुणस्तर पूरा गरेको पुष्टि गरेको कम्पनीको भनाइ छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन फैजु ले आईएसओ प्रमाणपत्र केवल संस्थागत उपलब्धि मात्र नभई प्रत्येक ग्राहकप्रतिको प्रतिबद्धता भएको बताए। उनका अनुसार ट्रन्क्यूलिटी स्पाका सबै शाखामा ग्राहकले समान स्तरको सेवा, सरसफाइ र व्यावसायिक हेरचाह पाउने सुनिश्चितता यस प्रमाणपत्रले झन् बलियो बनाएको छ।

त्यस्तै, प्रमुख सञ्चालन अधिकृत (सीओओ) रनिल फैजु ले यो उपलब्धिले वर्षौँदेखि कम्पनीले विकास गर्दै आएको गुणस्तरीय प्रणालीको औपचारिक अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको उल्लेख गरे। उनका अनुसार कम्पनीले भविष्यमा पनि सेवा गुणस्तर, सरसफाइ र ग्राहक सन्तुष्टिलाई अझ उच्च स्तरमा पुर्‍याउने लक्ष्यका साथ काम गर्नेछ।

१८ वर्षको सफल यात्रा

करिब १८ वर्षदेखि वेलनेस क्षेत्रमा सेवा दिँदै आएको ट्रन्क्यूलिटी स्पाले काठमाडौंको लाजिम्पाटबाट आफ्नो यात्रा सुरु गरेको थियो। हाल कम्पनीले काठमाडौं, चितवन, पोखरा, भैरहवा लगायत नेपालका प्रमुख सहरका साथै मलेसियाका प्रतिष्ठित होटलहरूसँगको साझेदारीमा पनि सेवा सञ्चालन गर्दै आएको छ।

कम्पनीमा हाल ३०० भन्दा बढी कर्मचारी कार्यरत छन्। साथै, कम्पनीको ‘ट्रन्क्यूलिटी इन्टरनेशनल ब्युटी एण्ड स्पा एकेडेमी’ मार्फत ३,५०० भन्दा बढी व्यक्तिलाई वेलनेस तथा स्पा सम्बन्धी व्यावसायिक सीप प्रदान गरिसकिएको छ।

आईएसओ ९००१:२०१५ प्रमाणपत्र प्राप्तिसँगै ट्रन्क्यूलिटी स्पाले नेपालको वेलनेस उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। कम्पनीले यो उपलब्धिले गुणस्तरीय, सुरक्षित र विश्वसनीय वेलनेस सेवाप्रतिको आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाएको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit