Advertisement
Advertisement
Corporate Samachar
९ भाद्र २०८३, मंगलवार
Advertisement
Advertisement

सरकारी वार्ता टोली र लघुवित्तपीडितबीच आज पुनः वार्ता, समाधानको प्रयास जारी

सरकारी वार्ता टोली र लघुवित्तपीडितबीच आज पुनः वार्ता, समाधानको प्रयास जारी
विज्ञापन
Advertisement

काठमाडौं । अर्थ मन्त्रालयले गठन गरेको सरकारी वार्ता टोली र आन्दोलनरत लघुवित्तपीडित संघर्ष समितिबीच आज पुनः वार्ता हुने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार भएको पहिलो चरणको वार्ता सकारात्मक र समाधानउन्मुख रहेको निष्कर्षपछि दुवै पक्ष आज फेरि छलफलमा बस्न लागेका हुन्। वार्तामार्फत आन्दोलनका माग सम्बोधन गर्दै सहमतिमा पुग्ने प्रयास जारी रहेको जनाइएको छ।

लघुवित्तपीडितको आन्दोलनलाई संवादमार्फत समाधान गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिहीबार मन्त्रिस्तरीय निर्णयबाट वार्ता टोली गठन गरेका थिए। मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा गठित टोलीले संघर्ष समितिसँग वार्ता अघि बढाइरहेको छ।

सरकारले वार्ताबाट समस्याको दीर्घकालीन समाधान खोज्ने लक्ष्य राखेको छ भने संघर्ष समितिले पनि आफ्ना मागबारे स्पष्ट प्रतिबद्धता खोजिरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit