Advertisement
Advertisement
Corporate Samachar
९ भाद्र २०८३, मंगलवार
Advertisement
Advertisement

लघुवित्तमा चौथो त्रैमासको वित्तीय चित्र : महुली चम्कियो, हिमालयन बलियो देखिँदा आईसिएफसि कमजोर

लघुवित्तमा चौथो त्रैमासको वित्तीय चित्र : महुली चम्कियो, हिमालयन बलियो देखिँदा आईसिएफसि कमजोर
विज्ञापन
Advertisement

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म सार्वजनिक भएका वित्तीय विवरण मध्ये केही लघुवित्त तथा वित्त कम्पनीहरूको वित्तीय प्रदर्शनमा मिश्रित खाले आर्थिक अवस्था देखिएको छ। महुली लघुवित्तले नाफामा उल्लेखनीय छलाङ मार्दै उच्च लाभांश क्षमता देखाएको छ भने हिमालयन लघुवित्तले पनि सन्तोषजनक नाफा वृद्धि कायम गरेको छ। यता, आईसिएफसि फाइनान्स कम्पनीको भने खुद नाफा र सञ्चालन मुनाफा दुवै घटेका छन्।

विज्ञापन
Advertisement
Advertisement

महुली लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा १९ करोड ३२ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा कम्पनीको खुद नाफा १ करोड ७० लाख ७ हजार रुपैयाँ मात्रै रहेको थियो। यससँगै कम्पनीको नाफा १ हजार ३६ प्रतिशतले बढेको हो।

कम्पनीले जारी गरेको वित्तीय विवरण अनुसार लघुवित्तको खुद ब्याज आम्दानी ३९.७४ प्रतिशत बढेर ४९ करोड ७४ लाख ३५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो आम्दानी ३५ करोड ५९ लाख ६३ हजार रुपैयाँ थियो। समीक्षा अवधिमा कम्पनीले ४ करोड ११ लाख १३ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी, ५३ करोड ८५ लाख ४९ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी तथा २७ करोड ६१ लाख ११ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको उल्लेख छ। अघिल्लो वर्ष सोही अवधिमा क्रमशः ३ करोड ९२ लाख ७ हजार रुपैयाँ, ३९ करोड ५१ लाख ७० हजार रुपैयाँ र २ करोड २३ लाख ५७ हजार रुपैयाँ रहेको थियो।

यसैगरी, महुलीको वितरणयोग्य नाफा १६ करोड ५० लाख १० हजार रुपैयाँ रहेको छ, जसका आधारमा कम्पनीको लाभांश क्षमता ४२.५८ प्रतिशत पुगेको छ। ३८ करोड ७४ लाख ९४ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३३ करोड ६ लाख २५ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ। गत असारसम्म कम्पनीले २ अर्ब ७ करोड १ लाख ७० हजार रुपैयाँ निक्षेप र ३ अर्ब ४३ करोड ३४ लाख ५ हजार रुपैयाँ सापटी लिई ६ अर्ब १७ करोड ३९ लाख ८२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा १ अर्ब ८३ करोड २ लाख १२ हजार रुपैयाँ निक्षेप, २ अर्ब ९१ करोड १ लाख ११ हजार रुपैयाँ सापटी र ५ अर्ब ११ करोड ६९ लाख ९१ हजार रुपैयाँ कर्जा लगानी थियो।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी ४.६० रुपैयाँबाट बढेर ४९.८८ रुपैयाँ पुगेको छ। मूल्य आम्दानी अनुपात पनि २४.६६ गुणा र प्रतिशेयर नेटवर्थ २२७.९१ रुपैयाँ रहेको छ। यो अवधिमा कम्पनीको खराब कर्जा १२.१६ प्रतिशतबाट घटेर ९.८० प्रतिशत मा झर्नु सकारात्मक पक्ष रहेको छ।

उता, हिमालयन लघुवित्त वित्तीय संस्थाले पनि गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १० करोड ६६ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको ७ करोड १४ लाख ६२ हजार रुपैयाँ को तुलनामा कम्पनीको नाफा ४९.१८ प्रतिशत ले बढेको हो। कम्पनीको खुद ब्याज आम्दानी ४४ करोड २१ लाख ९१ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ३७ करोड ८ लाख ९४ हजार रुपैयाँ भन्दा बढी हो। समीक्षा अवधिमा ४ करोड ७८ लाख ६४ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी, ४९ करोड ५० लाख ४६ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी तथा १५ करोड २१ लाख ९६ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा क्रमशः ५ करोड ३० लाख १४ हजार रुपैयाँ, ४२ करोड ३९ लाख ८ हजार रुपैयाँ र १० करोड ५४ लाख ६ हजार रुपैयाँ रहेको थियो।

हिमालयनको वितरणयोग्य नाफा ९ करोड २५ लाख २१ हजार रुपैयाँ रहेको छ, जसका आधारमा लाभांश क्षमता २७।१३ प्रतिशत पुगेको छ। ३४ करोड १० लाख ८६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा १५ करोड ३६ लाख ५९ हजार रुपैयाँ रहेको छ। गत असारसम्म कम्पनीले १ अर्ब २७ करोड २१ लाख ६४ हजार रुपैयाँ निक्षेप र ४ अर्ब ८५ लाख ४५ हजार रुपैयाँ सापटी लिई ४ अर्ब ९६ करोड २७ लाख १८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा १ अर्ब १० करोड ४७ लाख ५० हजार रुपैयाँ निक्षेप, ३ अर्ब ८२ करोड ८१ लाख ३ हजार रुपैयाँ सापटी र ४ अर्ब ८९ करोड ५६ लाख ९६ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो।

कम्पनीको प्रतिशेयर आम्दानी २२.३४ रुपैयाँबाट बढेर ३१.२६ रुपैयाँ पुगेको छ। मूल्य आम्दानी अनुपात २७.८१ गुणा र प्रतिशेयर नेटवर्थ १६२.५२ रुपैयाँ रहेको छ। तर, महुलीको विपरीत हिमालयनको खराब कर्जा ७.४८ प्रतिशतबाट बढेर ९.०४ प्रतिशत पुगेको छ।

यता, आईसिएफसि फाइनान्स कम्पनीको वित्तीय विवरण दबाबमा देखिएको छ। कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म २६ करोड ४२ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ३३ करोड ३० लाख रुपैयाँ रहेको थियो। यससँगै कम्पनीको नाफा २०.६७ प्रतिशतले घटेको हो। यद्यपि कम्पनीको खुद ब्याज आम्दानी ५९ करोड ४३ लाख रुपैयाँबाट बढेर ६४ करोड ५४ लाख रुपैयाँ पुगेको छ। तर कुल सञ्चालन आम्दानी ८१ करोड १३ लाख रुपैयाँबाट घटेर ८० करोड ६९ लाख रुपैयाँमा झरेको छ भने सञ्चालन मुनाफा ४७ करोड ४८ लाख रुपैयाँबाट घटेर ३७ करोड ५१ लाख रुपैयाँ मा सीमित भएको छ।

कम्पनीको वितरणयोग्य मुनाफा १४ करोड १७ लाख रुपैयाँ रहेको छ। यस्तै, प्रतिशेयर आम्दानी २८.१४ रुपैयाँबाट घटेर २२.३३ रुपैयाँमा झर्दा खराब कर्जा १.८४ प्रतिशतबाट घटेर १.५५ प्रतिशत कायम हुनु सकारात्मक देखिएको छ। १ अर्ब १८ करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भ कोषमा ९१ करोड ५३ लाख रुपैयाँ रहेको जनाइएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १८९.३२ रुपैयाँ रहेको छ।

सार्वजनिक भएका वित्तीय विवरण अनुसार महुली लघुवित्तले नाफा, लाभांश क्षमता र सम्पत्ति गुणस्तरमा सुधार देखिँदा हिमालयन लघुवित्तको नाफा र आम्दानीमा सुधार कायम गरे पनि खराब कर्जा बढ्नु चुनौतीका रूपमा देखिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit