Advertisement
Advertisement
Corporate Samachar
१ मंसिर २०८३, मंगलवार
Advertisement
Advertisement

सुनको भाउ पुनः तीन लाख रुपैयाँ नाघ्यो, एकैदिन तोलामा ४८ सय रुपैयाँको वृद्धि

सुनको भाउ पुनः तीन लाख रुपैयाँ नाघ्यो, एकैदिन तोलामा ४८ सय रुपैयाँको वृद्धि
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा सुनको भाउ पुनः तीन लाख रुपैयाँ नाघेको छ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार सुन र चाँदी दुवै धातुको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँले वृद्धि भएको हो। भाउ बढेसँगै आज सुन तोलाको ३ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँ कायम थियो।

यसअघि गत २०८२ माघ १५ गते सुन प्रतितोला तीन लाख ३९ हजार ३०० र त्यति नै परिमाणको चाँदी सात हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६ सय ४५ रुपैयाँ पुगेको छ। चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ६५ रुपैयाँले बढेको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च दरमा कारोबार भइरहेको छ।अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस करिब ४ हजार ४ सय डलरको आसपास पुगेर कारोबार भैरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit