Advertisement
Advertisement
Corporate Samachar
९ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

एग्री केयर नेपालले आईपीओ ल्याउँदै, नेपाल लाइफ क्यापिटल परामर्शदाता नियुक्त

एग्री केयर नेपालले आईपीओ ल्याउँदै, नेपाल लाइफ क्यापिटल परामर्शदाता नियुक्त
विज्ञापन
Advertisement

काठमाडौं। कृषि क्षेत्रमा लामो समयदेखि सक्रिय एग्री केयर नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने तयारी थालेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले आफ्नो पुँजी संरचना सुदृढीकरणसँगै वित्तीय तथा व्यावसायिक अवस्थाको विस्तृत अध्ययन गरी पुँजी बजारमा प्रवेश गर्ने तयारी अघि बढाएको हो। आईपीओ निष्काशनको तयारीलाई व्यवस्थित बनाउन कम्पनीले नेपाल लाइफ क्यापिटल लिमिटेडलाई संस्थागत परामर्शदाता नियुक्त गरेको छ। यससम्बन्धी सम्झौता शुक्रबार चितवनको भरतपुर–४ स्थित एग्री केयर नेपालको कार्यालयमा सम्पन्न भएको हो ।

सम्झौतापत्रमा एग्री केयर नेपालका अध्यक्ष रबिन अधिकारी र नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार नेपाल लाइफ क्यापिटलले एग्री केयर नेपाललाई आईपीओ निष्काशनका लागि आवश्यक पर्ने प्रारम्भिक परामर्श, कम्पनीको वित्तीय तथा कानूनी अवस्थाको अध्ययन र मूल्यांकन, पुँजी संरचना तथा सम्भावित आईपीओको आकार निर्धारण, आवश्यक संरचनागत सुधार र नियामकीय प्रक्रियामा समन्वयलगायतका सेवा उपलब्ध गराउनेछ। कम्पनीले आगामी दिनमा सर्वसाधारणलाई समेत आफ्नो विकास यात्रामा सहभागी गराउने लक्ष्य लिएको जनाएको छ।

सन् २००४ मा स्थापना भएको एग्री केयर नेपालले कृषि सामग्री तथा गुणस्तरीय कृषि समाधानमार्फत आफ्नो व्यवसाय अघि बढाउँदै आएको छ। कम्पनीले सन् २००९ मा बायो–टेक्नोलोजी युनिट सञ्चालनमा ल्याई जैविक विषादी तथा लाभदायी सूक्ष्मजीवमा आधारित उत्पादनतर्फ समेत विस्तार गरेको थियो । पछिल्ला वर्षहरूमा कम्पनीले क्रप प्रोटेक्सन, प्लान्ट न्युट्रिसन, भर्टिफाइजर, माटो कन्डिसनर तथा बायो–इनपुट्समार्फत किसानलाई सेवा दिँदै आएको जनाएको छ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी नेपाल लाइफ क्यापिटल धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूति, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापन, डिपोजिटरी सेवा, संस्थागत परामर्श, शेयर रजिष्ट्रेशन तथा निष्काशन तथा बिक्री प्रबन्धसम्बन्धी अनुमति प्राप्त मर्चेन्ट बैंकिङ संस्था हो । एग्री केयर नेपालको आईपीओ निष्काशन प्रक्रिया भने संस्थागत परामर्श, वित्तीय तथा कानूनी अध्ययन, आवश्यक संरचनागत सुधार र नियामकीय स्वीकृतिसहितका चरण पूरा भएपछि अघि बढ्नेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit