काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले शुक्रबारबाट पदभार सम्हालेका छन् ।
यसअघि कम्पनी सञ्चालक समितिको जेठ २९ गते बसेको बैठकले पराजुलीलाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा पुनर्नियुक्त गर्ने निर्णय गरेको हो। पराजुलीले यसअघि २०७९ साउनबाट नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतका रूपमा जिम्मेवारी सम्हाल्दै आएका छन्।
सीईओ नियुक्त हुनुअघि पराजुली नेपाल लाइफमै वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए। त्यसअघि उनले साविक रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा करिब चार वर्ष प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए।















प्रतिक्रिया दिनुहोस्