Advertisement
Advertisement
Corporate Samachar
७ भाद्र २०८३, आईतवार
Advertisement
Advertisement

तीन महिनाका शिशुको पेटमा पाँच दिनदेखि अड्किएको हेयरपिन नर्भिकमा निकालियो

तीन महिनाका शिशुको पेटमा पाँच दिनदेखि अड्किएको हेयरपिन नर्भिकमा निकालियो
विज्ञापन
Advertisement

काठमाडौं। नर्भिक इन्टरनेशनल हस्पिटलमा तीन महिनाका शिशुको पेटमा अड्किएको करिब तीन सेन्टिमिटर लामो हेयरपिन इन्डोस्कोपिक विधिबाट सफलतापूर्वक निकालिएको छ।

विज्ञापन
Advertisement
Advertisement

रौतहटका शिशुको पेट र सानो आन्द्राबीचको भाग पाइलोरसमा अड्किएको हेयरपिन पेडियाट्रिक ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा. सुमित अग्रवाल नेतृत्वको चिकित्सक टोलीले सफलतापूर्वक निकालेको हो। उपचार टोलीमा एनेस्थेसियोलोजिस्ट डा. प्रज्वल श्रेष्ठ, डा. आरोग्य कँडेल, सिनियर इन्डोस्कोपिक टेक्निसियन ईश्वर गौतमसहित ओटी प्राविधिक तथा नर्सहरू सहभागी थिए।

डा. अग्रवालका अनुसार तीन महिनाका शिशुको इन्डोस्कोपी आफैंमा जटिल प्रक्रिया हो। चिकित्सक टोलीले ब्रोन्कोस्कोपको सहयोगमा पिनलाई पेटको माथिल्लो भागमा ल्याएपछि थेराप्युटिक इन्डोस्कोपीमार्फत हेयरपिन निकालेको हो। ‘यस्तो केसमा तीन महिनाका बालकको उपचार प्रक्रिया जटिल हुन्छ, त्यसैले भारत जान भनिएको होला, तर नर्भिकमा उच्चप्रविधि र चिकित्सकको ठूलो टोली छ, हामीले नर्भिकमै बालकको उपचार सफलतापूर्वक ग¥यौं,’अग्रवालले भने ।

शिशुका आफन्तले साउन ३१ गते उपचारका लागि नर्भिक ल्याएका थिए। अस्पतालका चिकित्सक टोलीले करिब एक घण्टा १५ मिनेटको प्रयासपछि पेटमा अड्किएको हेयरपिन निकालेको थियो। पिन निकालेपछि शिशुलाई करिब तीन घण्टा अब्जरभेसनमा राखेर डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। शिशुले हेयरपिन निलेको घटना पाँच दिनपछि मात्रै परिवारले थाहा पाएको थियो। शिशुको तीन वर्षीया दिदीको मुखमा समेत हेयरपिन भेटिएपछि आमाले शिशुले पनि पिन निलेको हुन सक्ने आशंका गरेकी थिइन्। सुरुमा पिन आफैं दिसामार्फत निस्कने अपेक्षामा उनीहरूले चिकित्सकसँग परामर्श मात्रै गरेका थिए। तर पाँच दिनसम्म पनि पिन दिसामार्फत ननिस्किएपछि उनीहरू स्थानीय अस्पताल पुगेका थिए।

स्थानीय अस्पतालले काठमाडौं रेफर गरेपछि परिवार शिशुलाई प्लेनमार्फत काठमाडौं ल्याएर एक अस्पतालमा परीक्षण गराएको थियो। परीक्षणका क्रममा पेटमा हेयरपिन अड्किएको पुष्टि भएको थियो। उक्त अस्पतालले नेपालमा उपचार सम्भव नभएको भन्दै भारत लैजान सुझाव दिएपछि परिवारले भारत जाने प्लेन टिकटसमेत काटिसकेको अस्पतालले जनाएको छ। यसै क्रममा आफन्तमार्फत नर्भिकमा उपचार सम्भव हुने जानकारी पाएपछि उनीहरूले शिशुलाई नर्भिक ल्याएका थिए। डा. अग्रवालसँग सम्पर्क गरेपछि चिकित्सक टोलीले आवश्यक परीक्षण गरी नर्भिकमै इन्डोस्कोपिक विधिबाट उपचार गरेको हो। अग्रवालले तीन महिनाका शिशुमा यस्तो उपचार प्रक्रिया जटिल हुने भए पनि नर्भिकमा आवश्यक उच्च प्रविधि र विशेषज्ञ चिकित्सकको टोली उपलब्ध भएकाले उपचार सफल भएको बताए।

भारत लैजानका लागि प्लेन टिकटसमेत काटिसकेको परिवार नर्भिकमै उपचार सफल भएपछि खुसी भएको शिशुका ठूलोबुबाले बताए। उनका अनुसार उपचारपछि शिशुको अवस्था सामान्य रहेकाले भारत जाने टिकट फिर्ता गरेर परिवार रौतहट फर्किएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit