Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

नेपाल एसबिआई बैंकद्वारा पोखरामा तीन संस्थालाई सहयोग

नेपाल एसबिआई बैंकद्वारा पोखरामा तीन संस्थालाई सहयोग
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य सेवा तथा शिक्षाको क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले तीन संस्थालाई सहयोग गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सशस्त्र प्रहरी बल, नेपाल, नेपाल रेडक्रस सोसाइटी, कास्की तथा नेपाल भारत मैत्री पुस्तकालय, कास्कीलाई विभिन्न सामग्री तथा पूर्वाधार विस्तारका लागि सहयोग गरेको हो । फेवा तालमा उद्धार कार्यमा प्रयोग हुने उपकरण सुरक्षित रूपमा भण्डारण गर्न सशस्त्र प्रहरी बल, नेपाललाई चया र्‍याक्स निर्माणका लागि बैंकले सहयोग गरेको जनाएको छ । त्यस्तै, रक्तसञ्चार सेवालाई थप प्रभावकारी बनाउन नेपाल रेडक्रस सोसाइटी, कास्कीलाई आवश्यक उपकरण तथा सामग्री प्रदान गरिएको छ ।

यसैगरी, नेपाल भारत मैत्री पुस्तकालय, कास्कीलाई पुस्तकालयको भौतिक पूर्वाधार विस्तार तथा पुस्तक एवं पत्रपत्रिका खरिदका लागि बैंकले सहयोग गरेको छ । पोखरामा आयोजित कार्यक्रममा भारतीय स्टेट बैंकका उपप्रबन्ध निर्देशक किशोर कुमार पोलुदासु तथा नेपाल एसबिआई बैंकका अध्यक्ष मुनीष कुमार चान्दनाले उक्त सहयोग क्रमशः सशस्त्र प्रहरी बल, नेपालका डीआईजी प्रवीण कँडेल, नेपाल रेडक्रस सोसाइटी, कास्कीकी सभापति उर्मिला खड्का भण्डारी तथा नेपाल भारत मैत्री संघ, कास्कीका अध्यक्ष किरणलाल श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी, सञ्चालकहरू रितेश सिन्हा, भरत राज वस्ती र अप्सरा उप्रेतीलगायत बैंक तथा सम्बन्धित संस्थाका वरिष्ठ पदाधिकारीहरूको उपस्थिति थियो । बैंकले यस्ता सामाजिक उत्तरदायित्वका पहलमार्फत समुदायमा सकारात्मक प्रभाव सिर्जना गर्दै सार्वजनिक सुरक्षा, स्वास्थ्य सेवा, शिक्षा तथा समग्र सामुदायिक विकासमा निरन्तर योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ ।

नेपाल एसबिआई बैंकले विगत ३३ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit