Advertisement
Advertisement
Corporate Samachar
९ भाद्र २०८३, मंगलवार
Advertisement
Advertisement

गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधान गर्न ऊर्जामन्त्रीसहित उच्च प्रतिनिधिसँग गृहमन्त्रीले गरे छलफल

गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधान गर्न ऊर्जामन्त्रीसहित उच्च प्रतिनिधिसँग गृहमन्त्रीले गरे छलफल
विज्ञापन
Advertisement

काठमाडौं। गृहमन्त्री सुधन गुरूङले गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाका समस्या समाधानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सहजीकरणको आग्रह गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

गोरखा–१ का जलविद्युत् व्यवसायीहरूको टोलीसहित ऊर्जा मन्त्रालय पुगेका गृहमन्त्री गुरूङले ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र नेपाल विद्युत् प्राधिकरणका अधिकारीसँग छलफल गरेका हुन् ।छलफलका क्रममा व्यवसायीहरूले निर्माणाधीन आयोजनामा देखिएका विभिन्न समस्या प्रस्तुत गर्दै उत्पादनको तयारीमा रहेका आयोजनाका लागि प्रसारण लाइन विस्तार, व्यवस्थापन तथा अन्य प्राविधिक विषयमा सहजीकरण आवश्यक रहेको बताएका थिए ।

गृहमन्त्री गुरूङले गोरखाका नदीमा निर्माण भइरहेका जलविद्युत् आयोजनाको निर्माणका क्रममा देखिएका समस्या समाधानका लागि ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणले आवश्यक पहल गर्न आग्रह गरेको उर्जा मन्त्रीको निजी सचिवालयले जनाएको छ। उनले जलविद्युत् व्यवसायीहरूले पनि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गतको (सीएसआर) कार्यलाई पारदर्शी बनाउनुपर्ने बताए। स्थानीय स्तरमा राजनीति नगरी व्यवसायमा केन्द्रित हुन र जलविद्युत् आयोजनाबाट स्थानीय जनताले प्रत्यक्ष सुविधा पाउने वातावरण बनाउन उनले व्यवसायीहरूलाई आग्रह गरे । सरकारले आयोजनाका समस्या समाधानमा पूर्ण सहजीकरण गर्ने भन्दै गृहमन्त्री गुरूङले विद्युत् प्राधिकरणले पनि आयोजनासँग सम्बन्धित बाधा फुकाउन आवश्यक पहल गर्नुपर्ने बताए ।

छलफलमा ऊर्जामन्त्री श्रेष्ठले गोरखाका जलविद्युत् आयोजनामा देखिएका समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए । उनले आयोजनाका समस्या सम्बोधन गर्न नेपाल विद्युत् प्राधिकरणलाई आवश्यक पहल गर्न निर्देशनसमेत दिए । विद्युत् प्राधिकरणका कामु निर्देशक दीर्घायु श्रेष्ठले जलविद्युत् आयोजना निर्माणमा देखिएका समस्या सम्बोधनका लागि पहल भइरहेको जानकारी दिए । प्रसारण लाइनसँग सम्बन्धित समस्या समाधानका लागि आवश्यक स्रोत जुटाउने विषयमा गृहकार्य भइरहेको उनले बताए ।

गोरखामा बुढीगण्डकी जलविद्युत् आयोजनासहित एक दर्जनभन्दा बढी जलविद्युत् आयोजना निर्माणको विभिन्न चरणमा रहेका छन्। निर्माणका क्रममा देखिएका समस्या समाधानका लागि गृहमन्त्री गुरूङ जलविद्युत् व्यवसायीको टोलीसहित ऊर्जा मन्त्रालय पुगेका हुन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit