Advertisement
Advertisement
Corporate Samachar
९ भाद्र २०८३, मंगलवार
Advertisement
Advertisement

शक्तिशाली इलेक्ट्रिक एसयूभी ‘एमहिरो–१’ नाडामा शोकेस

शक्तिशाली इलेक्ट्रिक एसयूभी ‘एमहिरो–१’ नाडामा शोकेस
विज्ञापन
Advertisement

काठमाडौं। नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि मोटर्सले नाडा अटो शो २०२६ मा चिनियाँ ब्रान्ड डोङफेङको प्रिमियम विद्युतीय एसयूभी ‘एमहिरो–१’ शोकेस गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

शक्तिशाली मोटर, अफरोड क्षमता र विलासी डिजाइनलाई मुख्य विशेषताका रूपमा प्रस्तुत गरिएको एमहिरो–१ लाई इलेक्ट्रिक हमर र मर्सिडिज–बेन्ज जी–क्लाससँग प्रतिस्पर्धा गर्ने मोडलका रूपमा अघि सारिएको छ । एमहिरो–१ मा चारवटा विद्युतीय मोटर जडान गरिएको छ । यी मोटरले संयुक्त रूपमा ८०० किलोवाट अर्थात् १ हजार ८८ एचपी पावर र १ हजार ४०० न्यूटन मिटर पीक टर्क उत्पादन गर्ने कम्पनीको दाबी छ । करिब ३.५ टन तौल रहेको यो एसयूभीले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ४.२ सेकेन्डमै पूरा गर्ने जनाइएको छ ।

गाडीमा ६५.८ किलोवाट आवर क्षमताको ब्याट्री प्रयोग गरिएको छ । डब्लूएलटीपी परीक्षणअनुसार पूर्ण चार्जमा यसले ४५० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ। एमहिरो–१ रेन्ज एक्सटेन्डेड प्रविधिमा आधारित भएकाले यसमा ८० लिटरको इन्धन ट्यांकसमेत राखिएको छ ।अफरोड क्षमताका लागि एमहिरो–१ मा एयर सस्पेन्सन दिइएको छ । यसको सामान्य ग्राउन्ड क्लियरेन्स २४० मिलिमिटर रहेकोमा आवश्यकता अनुसार यसलाई ३३० मिलिमिटरसम्म बढाउन सकिन्छ । कम्पनीका अनुसार गाडीले ९०० मिलिमिटरसम्म गहिरो पानी पार गर्न सक्छ ।

त्यस्तै, कठिन भूभागमा सहज ड्राइभिङका लागि बालुवा, चट्टान, हिलो र पानीका लागि छुट्टाछुट्टै अफरोड ड्राइभिङ मोड उपलब्ध छन् । यसले एमहिरो–१ लाई सामान्य सडकसँगै कठिन भूभागमा समेत लक्षित प्रिमियम एसयूभीका रूपमा प्रस्तुत गरेको छ । डिजाइनतर्फ एमहिरो–१ मा ठूलो सेन्ट्रल डिस्प्ले, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर तथा गोलाकार थ्री–स्पोक स्टेयरिङ ह्वील दिइएको छ। ढोकाको ह्यान्डलसमेत पेस्तोलबाट प्रेरित डिजाइनमा तयार गरिएको कम्पनीले जनाएको छ ।

एमएडब्लू वृद्धिले हाल एमहिरो–१ लाई नाडा अटो शोमा प्रदर्शनी तथा शोकेसका लागि मात्र राखेको हो । यसको बिक्री तत्काल सुरु हुने छैन। कम्पनीले सन् २०२७ जनवरीदेखि नेपाली बजारमा यसको बिक्री सुरु गर्ने तयारी गरेको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit