Advertisement
Advertisement
Corporate Samachar
९ भाद्र २०८३, मंगलवार
Advertisement
Advertisement

नाडा अटो शोमा टाटाको सिएरा ईभी सार्वजनिक, पन्च ईभीमा १ लाख छुट अफर

नाडा अटो शोमा टाटाको सिएरा ईभी सार्वजनिक, पन्च ईभीमा १ लाख छुट अफर
विज्ञापन
Advertisement

काठमाडौं। नाडा अटो शो २०२६ मा टाटा मोटर्सले विद्युतीय सवारीतर्फ आफ्नो उपस्थिति थप बलियो बनाउँदै नयाँ टाटा सिएरा ईभी सार्वजनिक गरेको छ। नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले सिएरा ईभी सार्वजनिक गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

सिएरा ईभीमा ६३ किलोवाट आवर र ७५ किलोवाट आवरका दुई ब्याट्री विकल्प उपलब्ध छन् । कम्पनीका अनुसार ६३ किलोवाट आवर ब्याट्रीले एकपटक पूर्ण चार्जमा ५३५ किलोमिटर र ७५ किलोवाट आवर ब्याट्रीले ६६५ किलोमिटरसम्म रेन्ज दिन्छ । फास्ट चार्जिङमार्फत १५ मिनेट चार्ज गर्दा २६३ किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दाबी छ। सिएरा ईभीको ब्याट्रीमा कम्पनीले लाइफटाइम वारेन्टीको व्यवस्था गरेको छ ।

डिजाइनका हिसाबले सिएरा ईभीमा अगाडि र पछाडि एलईडी हेडलाइट तथा टेललाइटसँगै कनेक्टिङ एलईडी बार र १९ इन्चका अलोय ह्विल दिइएको छ । इन्टेरियरमा लेदरेट अपहोल्स्ट्री, भेन्टिलेटेड सिट, डुअल जोन क्लाइमेट कन्ट्रोल, थाई सपोर्ट एक्सटेन्डर, सनरुफ, कनेक्टेड फिचर, हाइपर हेड्स–अप डिस्प्ले र वायरलेस मोबाइल चार्जिङलगायतका सुविधा छन् ।

मनोरञ्जनका लागि १२ स्पिकरयुक्त जेबीएल साउन्ड सिस्टम र डल्बी एटमस प्रविधि उपलब्ध छ । सुरक्षातर्फ ६ वटा एयरब्याग, ५४० डिग्री भ्यु क्यामेरा, अटोमेटिक पार्किङ असिस्ट, समन मोड र लेभल–२ एडीएएसलगायतका फिचर दिइएको छ । सिएरा ईभीमा बुस्ट र रिल्याक्स मोडसहित कुल ६ वटा ड्राइभिङ मोड छन् । फोर ह्विल ड्राइभ भेरियन्टले ५०४ न्युटन–मिटर टर्क उत्पादन गर्ने र ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ५.८ सेकेन्डमै हासिल गर्ने कम्पनीको दाबी छ ।

गाडीमा फ्रिक्वेन्सीमा आधारित ड्याम्पिङ सिस्टमसहितको अल्ट्रा ग्लाइड सस्पेन्सन प्रयोग गरिएको छ। यसमा ६२२ लिटरको पछाडिको बुट स्पेस तथा ५० लिटरभन्दा बढी क्षमताको फ्रन्ट स्टोरेज उपलब्ध छ। सिएरा ईभीको मूल्य भने कम्पनीले सार्वजनिक गरेको छैन।

पन्च ईभीमा नाडा अफर

नाडा अटो शो २०२६ मा सिप्रदी ट्रेडिङले टाटा पन्च ईभी फेसलिफ्ट मा १ लाख रुपैयाँ छुटको घोषणा गरेको छ । यससँगै ग्राहकले पन्च ईभी ३२ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन् । पन्च ईभी फेसलिफ्ट दुई साताअघि नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक गरिएको थियो। त्यतिबेला यसको बेस भेरियन्टको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको थियो । कम्पनीका अनुसार पन्च ईभी फेसलिफ्टप्रति ग्राहकको आकर्षण देखिएको छ। सार्वजनिक भएको दुई सातामै १ हजारभन्दा बढी युनिट बुकिङ भइसकेको र हालसम्म २०० युनिट डेलिभरी गरिएको कम्पनीले जनाएको छ ।

नयाँ पन्च ईभीमा ३० किलोवाट आवर र ४० किलोवाट आवरका दुई ब्याट्री विकल्प छन्। यसले ६५ किलोवाट डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ। २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न २६ मिनेट लाग्ने तथा १५ मिनेट चार्ज गर्दा १३५ किलोमिटरसम्म रेन्ज प्राप्त हुने कम्पनीको दाबी छ । डिजाइनतर्फ नयाँ पन्च ईभीमा टाटाका ठूला ईभी मोडेलबाट प्रेरित १६ इन्चका एरो–अप्टिमाइज्ड अलोय ह्विल तथा पछाडि कनेक्टेड एलईडी टेललाइट दिइएको छ । इन्टेरियरमा नयाँ ट्रिम फिनिस र अपडेटेड डुअल–टोन थिम थपिएको छ । यसमा १०.२५ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन र १०।२५ इन्चकै डिजिटल ड्राइभर डिस्प्ले छ । वायरलेस चार्जिङ, भेन्टिलेटेड सिट, एम्बियन्ट लाइट, कनेक्टेड कार टेक्नोलोजी र ३६० डिग्री क्यामेरा पनि उपलब्ध छन् ।

सुरक्षाका लागि ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल होल्ड असिस्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम, आईएसओफिक्स चाइल्ड सिट माउन्ट र हाइ–बिम असिस्टलगायतका फिचर दिइएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit