Advertisement
Advertisement
Corporate Samachar
९ भाद्र २०८३, मंगलवार
Advertisement
Advertisement

मुक्तिनाथ विकास बैंकले गाडी किन्न ५.५४ प्रतिशत ब्याजदरमा ‘अटो लोन’ दिने

मुक्तिनाथ विकास बैंकले गाडी किन्न ५.५४ प्रतिशत ब्याजदरमा ‘अटो लोन’ दिने
विज्ञापन
Advertisement

काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेडले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ५.५४ प्रतिशत वार्षिक ब्याजदरमा अटो लोन योजना सार्वजनिक गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बैंकका अनुसार योजनाअन्तर्गत आधार दरमा शून्य प्रतिशत प्रिमियम थप गरी विशेष ब्याजदरमा अटो लोन उपलब्ध गराइनेछ। यो योजना २०८३ भदौ मसान्तसम्म लागू हुनेछ। बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गका अनुसार उक्त अवधि सकिएपछि बैंकको प्रचलित सामान्य ब्याजदर लागू हुने छ।

ग्राहकको कर्जा आवेदन तथा आवश्यक सम्पूर्ण कागजात पूरा भएको अवस्थामा २४ घण्टाभित्र अटो लोन उपलब्ध गराउने व्यवस्था गरिएको बैंकले जनाएको छ। यसबाट ग्राहकले आफूले रोजेको सवारीसाधन खरिदका लागि सहज र छिटो कर्जा सुविधा प्राप्त गर्न सक्ने गुरुङले जानकारी दिए ।

बैंकले यो अटो लोन सुविधा देशभर रहेका आफ्ना १७६ वटै शाखामार्फत उपलब्ध गराउने जनाएको छ। नाडा अटो शो २०२६ मा सहभागी हुने तथा नयाँ सवारीसाधन खरिद गर्न इच्छुक ग्राहकले उक्त योजनाबाट लाभ लिन सक्नेछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit