काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न विपद्को सामना गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई पूर्ण साथ दिने प्रतिबद्धता जनाएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार बोलाएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रतिनिधिसभामा विपक्षी दलका नेता भीष्मराज आङ्दाम्बेले सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । बैठकमा बोल्दै नेता आङ्दाम्बेले सरकारले विपद्को समयमा तत्कालै सक्रियता देखाएकोमा धन्यवाद व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएकोछ ।
उनले संकटको घडीमा पक्ष–विपक्षभन्दा माथि उठेर सबै एकजुट भएर उद्धार, राहत तथा व्यवस्थापनमा जुट्नुपर्ने बताए । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकमा भोटेकोशी बाढीबाट हालसम्म भएको क्षतिबारे जानकारी गराइएको थियो ।
बैठकमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन र जोखिममा रहेका नागरिकको सुरक्षामा विशेष ध्यान दिन सरोकारवाला सबै निकायलाई निर्देशन दिएका छन् ।
















प्रतिक्रिया दिनुहोस्