Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

निजी क्षेत्र माथिको आक्रमण ठिक होइन, सामाजिक सञ्जालमा आएका विषयको आधारमा धारणा नबनाऔँ: अर्थमन्त्री

निजी क्षेत्र माथिको आक्रमण ठिक होइन, सामाजिक सञ्जालमा आएका विषयको आधारमा धारणा नबनाऔँ: अर्थमन्त्री
विज्ञापन
Advertisement

काठमाडौं। अर्थमन्त्री डा.रामेश्वर प्रसाद खनालले निजी क्षेत्र माथिको आक्रमण ठिक नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १६ औँ वार्षिक साधारण सभामा उनले निजी क्षेत्रको सम्पत्ति सबैको भएको उल्लेख गर्दै त्यसको संरक्षणमा सबै लाग्नुपर्ने बताएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

‘निजी क्षेत्रले तयार पारेको संरचना र सम्पत्ति नेपाली जनताको पनि हो । निजी क्षेत्रले निश्चित समय पछि+6 छोड्ने नै हो । उनीहरूमाथिको आक्रमण ठिक होइन । निजी क्षेत्रको संरक्षण गर्नका लागि सबैले जोड दिनुपर्छ,’अर्थमन्त्री खनालले भने ।

यस्तै अर्थमन्त्री खनालले निजी क्षेत्र गलत भए सरकार कारबाही गर्न तयार रहेको उल्लेख गर्दै व्यक्तिको निजी सम्पत्तिमाथि सामाजिक सञ्जाल, सञ्चार माध्यम र सडकमा आवाज उठेकै भरमा कसैले पनि निरुत्साहित हुनेगरी उनीहरुमाथि जाइलाग्न नहुने धारणा राखे । ‘यदि कसैले अपराध नै गरेको छ भने त्यसको सजाय दिनका लागि सरकार तयार छ । त्यसका लागि सडक, सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट जथाभाबी टिप्पणी गर्न हुँदैन’, अर्थमन्त्री खनालले भने ।

यस्तै, उनले जेनजी आन्दोलनका मागहरुलाई सम्बोधन गर्ने पहिलो कार्य नै समयमै निर्वाचन सम्पन्न गराउनु भएकोले त्यसका लागि सरकारले वातावरण बनाइरहेको उल्लेख गरे । ‘कुनै पनि हिसाबले निर्वाचन सार्नु भनेको मुलुकलाई अनिश्चय दिशामा लैजानु हो। यसले अनेक क्रियाकलापहरूमा असर गर्छ। कुनै पनि हालतमा समयमै निर्वाचन गराउन सकारात्मक महोल हुनुपर्छ। यसका लागि सरकार पनि लागि परेको छ’ अर्थमन्त्रीले भने । सबै दलहरू र आम नागरिकको सहमतिमा तोकिएकै समयमा सुरक्षित, भयरहित र निष्पक्ष भएर अन्तर्राष्ट्रिय जगतमा समेत नेपालमा लोकतान्त्रिक अभ्यासको छवि राम्रो बनाउने गरी सरकारले निर्वाचन गराउनुपर्ने उनको भनाइ थियो ।

सरकारको छवि अझै सुधार गर्नका लागि नेपाल सरकारले आगामी दिनमा अझै सुधारका काम गर्नुपर्नेमा उनले जोड दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit