Advertisement
Advertisement
Corporate Samachar
९ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

बाढीपछि ६४४ यात्रु सम्पर्कविहीन: ३२ राष्ट्रका ५१७ विदेशी पर्यटक, कुन देशका कति ? (सूचीसति)

बाढीपछि ६४४ यात्रु सम्पर्कविहीन: ३२ राष्ट्रका ५१७ विदेशी पर्यटक, कुन देशका कति ? (सूचीसति)
भोटेकोशीमा आएको बाढी रसुवा, १० भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण जिल्लाको उत्तरगया गाउँपालिकामा रहेका प्रभावित क्षेत्र । तस्बिर/ रासस
विज्ञापन
Advertisement

काठमाडौं। रसुवा, नुवाकोट, धादिङ र गोरखा हुँदै बग्ने भोटेकोशी र त्रिशूली नदीमा बुधबार बिहान आएको विनाशकारी आकस्मिक बाढीपछि ६४४ जना यात्रु सम्पर्कविहीन भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

नेपाल पर्यटन बोर्डले बिहीबार मध्याह्न सार्वजनिक गरेको विवरणअनुसार सम्पर्कविहीन हुनेमा १२७ जना नेपाली र ५१७ जना विदेशी नागरिक छन्। बाढी प्रभावित चार जिल्लाका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण ट्रेकिङ तथा ट्राभल कम्पनीहरूले बोर्डलाई उपलब्ध गराएका छन्। यद्यपि नदी तटीय क्षेत्रबाहेकका अधिकांश पर्यटकीय क्षेत्र सुरक्षित रहेको बोर्डले जनाएको छ।सम्पर्कविहीन विदेशी नागरिकमध्ये सबैभन्दा धेरै भारतका १७८ जना छन्। त्यस्तै अमेरिकाका ६५, युक्रेनका ५३, मलेसियाका ५१, अष्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ जना रहेका छन्।

बोर्डका अनुसार जर्मनी, रुस, सिङ्गापुर, फ्रान्सलगायत ३३ देशका पर्यटकसमेत सम्पर्कविहीन छन्।बाढी प्रभावित क्षेत्रमा रहेका पर्यटकको अवस्था पहिचान गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटन प्रहरी तथा अन्य सम्बन्धित निकायले खोजी तथा उद्धारलाई तीव्रता दिएका छन्। घाइते तथा अलपत्र पर्यटकको उद्धारका लागि ट्राभल एजेन्सी, गाइड, स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय भइरहेको बोर्डले जनाएको छ। पर्यटक तथा उनीहरूका परिवारले आवश्यक जानकारी र आपतकालीन सहयोगका लागि पर्यटन बोर्डको टोल–फ्री नम्बर १२३४, हटलाइन ११४४ तथा पर्यटन प्रहरीको मोबाइल नम्बर ९८५१२८९४४५ मा सम्पर्क गर्न सक्नेछन्।बोर्डले प्रभावित क्षेत्रमा रहेका सबैलाई धैर्य राख्न र सुरक्षा निकाय तथा सम्बन्धित निकायले जारी गरेका आधिकारिक निर्देशन पालना गर्न आग्रह गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit