Advertisement
Advertisement
Corporate Samachar
९ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

रसुवा–भोटेकोशी बाढी अपडेट : मृतकको संख्या ४६९ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

रसुवा–भोटेकोशी बाढी अपडेट : मृतकको संख्या ४६९ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन
विज्ञापन
Advertisement

काठमाडौं । रसुवाको भोटेकोशी तथा आसपासका नदीहरूमा आएको भीषण बाढीका कारण हालसम्म ४६९ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद्वारा जारी पछिल्लो अद्यावधिक विवरणअनुसार विपद्मा परेर २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बाढी प्रभावित क्षेत्रहरूमा खोजी तथा उद्धारका लागि ४ हजार ३४८ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ। हालसम्म १ हजार ५४५ जनाको उद्धार तथा घाइतेहरूको व्यवस्थापन गरिएको छ भने काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचाररत तथा डिस्चार्ज हुने घाइतेको संख्या ८४ पुगेको छ ।

प्रहरीका अनुसार फेला परेका शवहरूमध्ये सबैभन्दा धेरै चितवनमा १७८ जना, नवलपरासी ९पूर्व० मा ११० जना, गोरखामा ४४ जना, नुवाकोटमा ३७ जना, धादिङमा ३३ जना, तनहुँमा २८ जना, नवलपरासी ९पश्चिम० मा २७ जना र रसुवामा १२ जना रहेका छन् ।

यस्तै, बाढी प्रभावित विभिन्न जिल्लाहरूबाट हालसम्म कुल १ हजार ५४५ जना घाइते तथा नागरिकहरूको उद्धार गरिएको छ । जसमा नुवाकोटबाट ८९८ जना, रसुवाबाट ६४४ जना र धादिङबाट ३ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचाररत तथा डिस्चार्ज हुने घाइतेको संख्या ८४ पुगेको छ ।

बाढी प्रभावित क्षेत्रहरूमा खोजी, उद्धार तथा राहत व्यवस्थापनका लागि हालसम्म ४ हजार ३४८ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ भने बेपत्ताहरूको खोजी कार्य तीव्र रूपमा जारी रहेको छ ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit