काठमाडौं । रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको क्षेत्रमा पुनः लेदोसहित पानीको बहाव बढेको सूचना प्राप्त भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
२०८३ भदौ १० गते ठूलो बाढी आएको भोटेकोशी नदी क्षेत्रमा आज पुनः लेदोसहित पानीको बहाव केही बढेको सूचना प्राप्त भएको हो। यससँगै थप बाढी आउन सक्ने जोखिम रहेको भन्दै नदी किनार तथा आसपासका क्षेत्रमा रहेका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ।
भोटेकोशी तथा त्रिशूली नदी किनारमा उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा अन्य व्यक्तिहरूलाई समेत विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। विभिन्न कारणले जोखिम क्षेत्रमा रहन बाध्य भएका सबैलाई जोखिमको संकेत देखिएमा तत्काल सुरक्षित स्थानतर्फ जान अनुरोध गरिएको छ।
सम्बन्धित निकायले नदीको बहावमा हुने परिवर्तनलाई निरन्तर निगरानी गरिरहेको जनाउँदै जोखिमलाई सामान्य रूपमा नलिन आग्रह गरेको छ। विशेषगरी नदी किनार तथा तटीय क्षेत्रमा रहेका बस्ती र उद्धार तथा राहतमा खटिएका टोलीले थप सावधानी अपनाउनुपर्ने देखिएको छ।














प्रतिक्रिया दिनुहोस्