Advertisement
Advertisement
Corporate Samachar
९ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

त्रिशूली–३ ‘ए’ सुरुङको माथिल्लो भागमा उद्धार टोली पुग्यो, हावा पठाउन सुरु

त्रिशूली–३ ‘ए’ सुरुङको माथिल्लो भागमा उद्धार टोली पुग्यो, हावा पठाउन सुरु
विज्ञापन
Advertisement

काठमाडौं ।रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा उद्धार कार्यका क्रममा सुरुङको माथिल्लो भाग (क्राउन) सम्म पुग्न उद्धार टोली सफल भएको छ।

विज्ञापन
Advertisement
Advertisement

सार्वजनिक सूचनामार्फत आयोजनाले सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएको र बनाइएको सानो प्वालबाट सुरुङभित्र हावा पठाउन सुरु गरिएको जनाएको छ।

अब उक्त स्थानबाट थप खन्ने काम सुरु गरी उद्धार टोलीलाई सुरुङभित्र प्रवेश गराउने तयारी गरिएको छ। सुरुङभित्र फसेका व्यक्तिको उद्धारका लागि आवश्यक प्राविधिक प्रक्रिया अघि बढाइएको आयोजनाले जनाएको छ।

उद्धार कार्य जोखिमपूर्ण रहेकाले प्राविधिक टोलीले सावधानीपूर्वक काम अघि बढाइरहेको छ। सुरुङभित्र हावा पठाउन सुरु गरिएसँगै उद्धार कार्य थप निर्णायक चरणमा प्रवेश गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit