Advertisement
Advertisement
Corporate Samachar
९ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

बाढीपीडितको पुनर्वासका लागि बीएलसी र बसन्त चौधरी फाउण्डेसनद्वारा ३ करोड सहयोग घोषणा

बाढीपीडितको पुनर्वासका लागि बीएलसी र बसन्त चौधरी फाउण्डेसनद्वारा ३ करोड सहयोग घोषणा
विज्ञापन
Advertisement

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित परिवारको पुनर्वासका लागि बीएलसीअन्तर्गतका कम्पनीहरू र बसन्त चौधरी फाउण्डेसनले संयुक्त रूपमा तीन करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बीएलसी परिवारले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

बाढीका कारण हजारौँ परिवार घर, सम्पत्ति तथा जीविकोपार्जनबाट वञ्चित भएको भन्दै संस्थाले प्रभावित परिवारलाई तत्काल राहतसँगै सुरक्षित आवास र दीर्घकालीन पुनःस्थापनाको आधार आवश्यक रहेको जनाएको छ।

यसै उद्देश्यले बीएलसीअन्तर्गतका कम्पनी तथा बसन्त चौधरी फाउण्डेसनका तर्फबाट बाढीपीडित परिवारको पुनर्वासका लागि संयुक्त रूपमा तीन करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरिएको संस्थापक बसन्त चौधरीले जानकारी दिएका छन्।

सम्बन्धित सरकारी तथा सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी उक्त रकम वास्तविक पीडित परिवारको पुनर्वासमा प्रभावकारी रूपमा खर्च गरिने उनले बताएका छन्।

चौधरीले बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, सरकारी निकाय, सामाजिक संस्था तथा सहयोगीप्रति सम्मान व्यक्त गर्दै विपद्को यस कठिन घडीमा प्रभावित परिवारको जीवनमा आशा र भरोसा जगाउन सबैलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गरेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit