Advertisement
Advertisement
Corporate Samachar
९ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका पालिका प्रमुखसँग रवि लामिछानेको टेलिफोन संवाद, उद्धार तथा राहतका लागि सरकारसँग समन्वय गर्ने प्रतिबद्धता

बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका पालिका प्रमुखसँग रवि लामिछानेको टेलिफोन संवाद, उद्धार तथा राहतका लागि सरकारसँग समन्वय गर्ने प्रतिबद्धता
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भदौ १० गते आएको विनाशकारी बाढी–पहिरोबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानीय तहका प्रमुखसँग टेलिफोन संवाद गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका लागि तत्काल पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

विज्ञापन
Advertisement
Advertisement

रास्वपा केन्द्रीय कार्यालयबाट केन्द्रीय तहका नेताहरूलाई समेत साथमा राखेर गरिएको संवादमा सभापति लामिछानेले बाढी–पहिरोबाट भएको क्षति, उद्धार तथा राहतको वर्तमान अवस्था र स्थानीय तहले सामना गरिरहेका समस्या तथा आवश्यकताबारे जानकारी लिएका थिए।

संवादका क्रममा गोसाइँकुण्ड गाउँपालिका, रसुवाका अध्यक्ष कैसाङ नुर्पु तामाङले क्षतिग्रस्त सडक सञ्जाल तत्काल पुनःस्थापना गरी रसुवालाई मूल सडक सञ्जालसँग जोड्नुपर्ने, बेवारिसे शव व्यवस्थापनका लागि आवश्यक सामग्री तत्काल उपलब्ध गराउनुपर्ने तथा विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए।

आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिको उद्धारका लागि थप प्रभावकारी उपाय तत्काल अपनाउनुपर्ने र सीमित भए पनि जेनेरेटरको व्यवस्था गरी विद्युत् आपूर्ति सुनिश्चित गर्नुपर्ने बताए।

कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटाले सडक सञ्जाल तत्काल सञ्चालनमा ल्याउनुपर्ने, तातो खाना पकाउन आवश्यक ग्यासको चरम अभाव रहेकाले तत्काल एक हजार ग्यास सिलिन्डरको व्यवस्था गर्नुपर्ने तथा नेपाल विद्युत् प्राधिकरणले खम्बा गाड्ने र तार तान्ने काम शीघ्र सुरु गर्नुपर्ने माग राखे। उनले जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको कार्यसम्पादन प्रभावकारी नभएको गुनासोसमेत गरे।

उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालले शव व्यवस्थापनलाई तत्काल समाधान गर्नुपर्ने गम्भीर समस्याका रूपमा प्रस्तुत गर्दै उद्धारमा सुरक्षाकर्मी परिचालन हुँदा नियमित जनसुरक्षाका काम प्रभावित भएको बताए। उनले सुरक्षा प्रत्याभूतिका लागि थप सुरक्षाकर्मी परिचालन गर्नुपर्ने माग गरे।

त्यस्तै, नुवाकोटको बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङले वैकल्पिक सडक तत्काल सञ्चालनमा ल्याउनुपर्ने तथा विस्थापित परिवारका लागि अस्थायी आवासको व्यवस्था गर्नुपर्ने बताए। उनले प्रमुख जिल्ला अधिकारीसँग आवश्यक समन्वय गर्न कठिनाइ भइरहेको जानकारीसमेत गराए।

धादिङको गजुरी गाउँपालिकाका अध्यक्षले बाढी–पहिरो प्रभावितका लागि तत्काल कम्तीमा एक सय वटा टेन्ट आवश्यक रहेको भन्दै वैकल्पिक आवासको व्यवस्था गर्नुपर्ने माग राखे।

स्थानीय तहका प्रमुखहरूले उठाएका समस्या, आवश्यकता र सुझाव गम्भीरतापूर्वक सुनेपछि सभापति लामिछानेले नेपाल सरकार तथा सम्बन्धित निकायसँग तत्काल छलफल गरी उद्धार, राहत, सडक तथा विद्युत् पुनःस्थापना, अस्थायी आवास र शव व्यवस्थापनलगायतका समस्या यथाशीघ्र समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

लामिछानेले प्रभावित क्षेत्रका समस्याबारे सम्बन्धित मन्त्री तथा सरकारी निकायसँग समन्वय गर्ने काम तत्काल सुरु गरेको र आवश्यक सहयोग तथा सहजीकरणका लागि निरन्तर पहल गर्ने बताएका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit