Advertisement
Advertisement
Corporate Samachar
४ आश्विन २०८३, आईतवार
Advertisement

रसुवा बाढीको भयावह तस्बिर : मृतक हजार नजिक पुग्दा सम्पर्कविहीनको संख्या चार गुणा माथि, बाढीको असर ४९ वडासम्म देखियो

रसुवा बाढीको भयावह तस्बिर : मृतक हजार नजिक पुग्दा सम्पर्कविहीनको संख्या चार गुणा माथि, बाढीको असर ४९ वडासम्म देखियो
विज्ञापन
Advertisement

काठमाडौं । भदौ १० गते आएको विनाशकारी भोटेकोशी–त्रिशूली बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका कम्तीमा ४९ वडा प्रभावित भएका छन्। विनाशकारी बाढी गएको एक साता पुग्नै लाग्दा त्यसले निम्त्याएको क्षतिको भयावहता दिनहुँ सार्वजनिक हुने सरकारी तथ्यांकसँगै थप स्पष्ट हुँदै गइरएको छ। बाढी प्रभावित जिल्लाहरूमा भौतिक क्षतिको प्रारम्भिक आकलनसमेत सरकारले पूर्ण रूपमा गर्न नसकिरहेको अवस्थामा मानवीय क्षतिको बढ्दो संख्याले भने विपद्को गम्भीर तस्बिर देखाउन थालेको छ।

विज्ञापन
Advertisement
Advertisement

विपद् प्रभावित नागरिकको संख्या अझै यकिन हुन नसके पनि प्रारम्भिक विवरणले हजारौँ मानिस विस्थापित भएको देखाएको छ। रसुवा र नुवाकोटका केही प्रमुख प्रभावित क्षेत्रमा मात्रै करिब १ हजार ६ सय बढी घरहरुमा क्षति पुग्दा ७ हजार जना भन्दा धेरै आश्रित प्रभावित भएको प्रारम्भिक आकलन छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा ५५० बढी घरधुरीका करिब २१ सय, उत्तरगया गाउँपालिकामा ५०० घरधुरीका करिब २ हजार तथा नुवाकोटको विदुर नगरपालिकामा करिब ४०० घरमा रहेका करिब २ हजार जना बढी नागरिक प्रभावित भएको स्थानीय सरकारको प्रारम्भिक अनुमान छ। गृह मन्त्रालय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यी क्षेत्रमा घर, बस्ती, सडक, पुल, खानेपानी तथा अन्य भौतिक संरचनामा ठूलो धनजनको क्षति पुगेको छ।

बाढीको चपेटामा ४९ वडा

गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी उपसचिव एवं प्रवक्ता शान्ति महतका अनुसार बढी प्रभावित ६ जिल्लाका ४९ ओडाका नागरिक प्रभावित भएका हुन् ।

जिल्लागत रुपमा कहाँ कति ओडामा बाढीले पुर्यायो क्षति ? 

१. रसुवा
रसुवाको चार गाउँपालिकाको ११ ओटा ओडाका नागरिक बाढीभाट नराम्ररी प्रभावित बनेका छन्। भोटेकोसी बाढीले धेरै मानवियत तथा भौतिक क्षति पुर्याएको यस जिल्लामा यी चार गाउँपालिकामा कुन स्तरमा कति क्षति भयो अझै यकिन तथ्यांक स्थानीय तहले जारी गर्न सकेका छैनन्। भयानक बाढीले उत्तरगया गाउँपालिका र गोसाइँकुण्ड गाउँपालिकामा मात्र करिब ११ सय घरधुरी पूर्ण प्रभावित भएको प्रारम्भिव अनुमान छ ।

उत्तरगया गाउँपालिका — १, २, ३, ४ र ५
गोसाइँकुण्ड गाउँपालिका — २, ५, १ र ३
आमाछोदिङ्मो गाउँपालिका — १
कालिका गाउँपालिका — १

२. नुवाकोट

तारकेश्वर गाउँपालिका — ४ र २
किस्पाङ गाउँपालिका — ५
विदुर नगरपालिका — १, ४, ५, ९ र १०
बेलकोटगढी नगरपालिका — ५, ७ र ८
सरकारको प्रारम्भिक तथ्यांकमा चार स्थानीय तहको ११ वडामा क्षति पुर्याएको विवरण आए पनि बगरमा परिणत भएको विदुर नगरपालिकाका धेरै वडाहरु बगाएको छ। प्राधिकरणले दिएको तथ्यांक बाहेक विदुर नगरपालिकाकै ३, ६ र ७ नम्बर ओडाका स्थानीय पनि बाढीमा परेर सम्पर्कविहीन भएका छन् भने कतिपयको घरखेत बगाएको स्थानीय प्रकाश डोटेलले जानकारी दिए।

३. धादिङ
भोटेकोशी बाढीबाट प्रभावित बनेको तेस्रो जिल्ला धादिङमा गल्छी , गजुरी, बेनिघाट रोराङ र सिद्धलेक गरी चार गाउँपालिकाको १८ ओटा ओडाका स्थानीय प्रभाविति भएको प्राधिकरणको तथ्यांक छ ।

गल्छी गाउँपालिका — ६, ४, ८, १ र २
गजुरी गाउँपालिका — १, २, ५ र ६
बेनिघाट रोराङ गाउँपालिका — ३, ५, ७, ९ र १०
सिद्धलेक गाउँपालिका, धादिङ — ३, ४, ६ र ७
तर, जिल्ला हुँदै बग्ने त्रिशूली नदीमा आएको भीषण बाढीमा प्राधिकरणले उल्लेख गरे भन्दा धेरै स्थानमा तहसनहस बनाएको स्थानीय पालिकाको अनुमान छ। बाढीले धेरै स्थानमा क्षति गरेकाले सोमबार पनि उद्धार र राहतकार्य सँगै विवरण संकलन जारी रहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले जानकारी दिइन्।

४. गोरखा

बाढीले गोरखाको गण्डकी गाउँपालिका – १, २, ६, ७ र ८ नम्बर ओडामा क्षति पुगेको छ । क्षतिको पूर्ण विवरण संकलन कार्य जारी रहेको बताइएको छ।

५ .तनहुँ

बाढीले तनहुँको देवघाट गाउँपालिका – ४ र ५ तथा आँबुखैरेनी गाउँपालिका -४ र ५ वडामा क्षति पुगेको छ।

प्राधिकरणले सोमबार जारी गरेको सूचीमा उल्लिखित वडाहरूको संख्या ४९ पुगे पनि बाढीबाट त्यो भन्दा धेरै स्थानीय वडा प्रभावित बनेको आकलन छ । यद्यपी प्राधिकरणले विस्थापनको यकिन तथ्य प्रारम्भिक रुपमा निकालेकाले थप विवरण आउन बाँकी छ। बाढीले रसुवा– टिमुरे, स्याफ्रुबेँसी, नुवाकोट– त्रिशुली (धुङ्गे) बजार क्षेत्र, धादिङ– त्रिशुली नदी तट (बेनीघाटर धादिङबेसी नजिक) नदी तटीय क्षेत्रका बजार सबै बगरमा परिणत भएको छ। यहाँ रहेका भौतिक संरचनामा ठूलो क्षति पुगेको छ, भने सडक, पूललगायतका पूर्वाधारमा कतिपय स्थानमा सम्पर्क नै टुटेका छन् भने कतिपय स्थानका बगाएका छन् । यसैगरी, चितवन– गैँडाकोट देवघाट आसपास, गोरख (नदीकिरिया, रामघाट आसपास क्षेत्र) तथा तनहुँ, मुग्लिन र आसपास क्षेत्रका साथै नारायणी किनारमा समेत असर गरेको छ।

बाढीले नुवाकोटको त्रिशूली बजार देखि रसुवाको टिमुरे, स्याफ्रुबेँसी बस्ती नै बगरमा परिणत गरेका कारण प्रभावित नागरिकलाई पुरानै स्थानमा फर्काउने वा नयाँ स्थानमा पुनर्स्थापना गर्ने विषयसमेत चुनौतीपूर्ण बनेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि क्षतिको विस्तृत विवरण संकलनको काम भइरहेको जनाएको छ। प्राधिकरणका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका प्रभावित स्थानीय तहमा उद्धार तथा तत्काल राहतका लागि रकमसमेत पठाइएको छ।

बाढी गएको छैटौं दिनसम्म पनि सरकारको प्राथमिकता उद्धार, खोजी तथा बेपत्ताको खोजतलासमै केन्द्रित छ। विशेषगरी जलविद्युत् आयोजनाका सुरुङ तथा जोखिमपूर्ण क्षेत्रमा फसेकाहरूको जीवित उद्धारका लागि सुरक्षाकर्मी तथा उद्धार टोली परिचालन भइरहे पनि खोज तथा उद्धार कार्य अपेक्षाकृत सुस्त भएको भन्दै गुनासाहरू बढिरहेका छन्। यस विपद्को असर नेपाली नागरिकमा मात्र सीमित रहेन। बाढीमा नेपालीसँगै ठूलो संख्यामा विदेशी नागरिकसमेत प्रभावित भएका छन् भने हजारौँ नेपाली विस्थापित तथा प्रभावित बनेका छन्। अझ चिन्ताजनक पक्ष, नेपालमा आएको बाढीमा बगेका तथा बेपत्ता भएका व्यक्तिका शव भारतका विभिन्न राज्यमा भेटिन थालेका छन्।

बाढीपछिको एक साताको अवधिमा सार्वजनिक हुँदै गएका विवरणले विपद्को वास्तविक क्षति प्रारम्भिक अनुमानभन्दा निकै ठूलो हुन सक्ने संकेत गरेका छन्। उद्धार तथा खोजी कार्य जारी रहेकै अवस्थामा मृतक र बेपत्ताको संख्या दिनदिनै थपिनुले बाढीले पुर्‍याएको मानवीय क्षतिको पूर्ण तस्बिर अझै बाहिर आउन बाँकी रहेको देखिन्छ।

यसकारण उल्लेखित प्रभावित नागरिकको संख्या उल्लेख्य बढ्ने सम्भावना छ ।  प्राधिकरणले सोमबार बिहान नौ बजेसम्म रसुवा बाढीबाट ९०३ जनाको मृत्यु भएको जनाएको छ। साथै, नेपाली तथा विदेशी गरी ४२ सय ४७ जना सम्पर्कविहीन रहेकाले मानविय क्षतिको आँकडा निकै ठूलो हुनसक्ने जोखिम बढेको छ। भोटेकोशी बाढीपछि सरकारले १० हजार चार सय बढी नागरिकको उद्धार गरेको जनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit