Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

सरकारी कोषमा होइन, पीडितकै हातमा राहत पुर्‍याउने ओलीको जोड

सरकारी कोषमा होइन, पीडितकै हातमा राहत पुर्‍याउने ओलीको जोड
विज्ञापन
Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपद्का बेला सरकारी कोषमा रकम जम्मा गरेर मात्र नहुने भन्दै राहत वास्तविक पीडितको हातमै छिटो र प्रभावकारी रूपमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

भोटेकोशी बाढीपीडितका लागि एमालेले संकलन गरेको २० लाख रुपैयाँ हस्तान्तरण कार्यक्रममा बोल्दै ओलीले सरकारी कोषमा रकम र राहत जम्मा भए पनि प्रभावित नागरिकले समयमा राहत पाउन नसकेको बताए । राहत वितरणमा ढिलाइ हुँदा पीडितले थप समस्या भोग्नुपरेको भन्दै उनले उपलब्ध स्रोतलाई छिटोछरितो रूपमा पीडितसम्म पुर्‍याउनुपर्ने धारणा राखे । उनले राहत रकम सरकारी कोषमा जम्मा गर्ने कि प्रत्यक्ष रूपमा पीडितसम्म पुर्‍याउने भन्ने विषयमा पीडितलाई छिटो राहत पुग्ने माध्यम रोज्नुपर्ने बताए ।

‘कोषलाई पैसा चाहिएको होइन, पीडितलाई राहत पुर्‍याउन खोजेको हो,’ ओलीले भने, ‘कुन माध्यमबाट छिटोछरितो ढङ्गले यथार्थ पीडितकहाँ यथार्थ राहत पुग्छ, त्यही बाटो अवलम्बन गर्छौं ।’ओलीका अनुसार एमालेले सरकारको मात्र भर नपरी आफ्नै खर्चमा समेत राहत वितरण गरिरहेको छ । पार्टीले बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि कम्तीमा १ करोड २० लाख रुपैयाँ संकलन गर्ने र आवश्यकता हेरेर खर्च गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

यसैक्रममा सोमबार एमालेका बागमती प्रदेश र राजधानी प्रदेश कमिटीले १०/१० लाख रुपैयाँ गरी २० लाख रुपैयाँ पार्टीलाई हस्तान्तरण गरेका हुन् । ओलीले विपद्का बेला उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकार तथा सम्बन्धित सबै पक्षबीच समन्वय आवश्यक रहेको बताए । उद्धारका लागि निजी हेलिकोप्टर तथा तालिमप्राप्त जनशक्तिको समेत प्रभावकारी प्रयोग गर्नुपर्ने उनको भनाइ छ । उनले पछिल्लो विपद्लाई जलवायु परिवर्तनको गम्भीर असरका रूपमा उल्लेख गर्दै नेपालजस्ता जलवायु परिवर्तनबाट बढी प्रभावित मुलुकलाई विकसित देशहरूले क्षतिपूर्ति दिनुपर्ने धारणा पनि राखे । वातावरण विनाशमा न्यून योगदान भएका नेपालजस्ता मुलुकले त्यसको ठूलो क्षति व्यहोर्नुपरेको भन्दै ओलीले संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय संस्थाले जलवायुजन्य क्षतिको क्षतिपूर्तिका लागि स्पष्ट नियम र मापदण्ड बनाउनुपर्नेमा जोड दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit