काठमाडौं । त्रिशूली नदीमा रहेका पुलहरूमा बाढीका कारण क्षति पुगेपछि सडक सम्पर्कविहीन बनेको नुवाकोटको त्रिशूली पारिको भूभाग पुनः सडक सञ्जालमा जोडिएको छ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार गल्छी–त्रिशूली राजमार्गअन्तर्गत त्रिशूली पुल पारीबाट त्रिशूली नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला, गौरीबेसी हुँदै त्रिशूली बजारसम्म सडक सञ्चालनमा ल्याइएको हो। सडक सुचारु भएसँगै त्रिशूली नदीपारिका नुवाकोटका नागरिकलाई सदरमुकामसँग पुनः सडक पहुँच स्थापित भएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ।

सडक सञ्चालनमा आएपछि बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा अत्यावश्यक सामग्रीको आवतजावतमा समेत सहजता हुने अपेक्षा गरिएको छ। यसअघि त्रिशूली नदीका विभिन्न पुलमा भएको क्षतिका कारण त्यस क्षेत्रको यातायात सेवा ठप्प प्राय बनेको थियो।
पूर्वाधार विकास मन्त्रालयका अनुसार जिल्लाका प्रभावित अन्य क्षेत्रमा सडक तथा यातायात पूर्वाधार पुनः सञ्चालनका लागि काम भइरहेको छ।















प्रतिक्रिया दिनुहोस्