Advertisement
Advertisement
Corporate Samachar
९ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

बाढीबाट प्रभावित १२० मध्ये ११० टेलिकम साइट सञ्चालनमा

बाढीबाट प्रभावित १२० मध्ये ११० टेलिकम साइट सञ्चालनमा
विज्ञापन
Advertisement

काठमाडौं। नेपाल टेलिकमले बाढीबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका थप चारवटा साइट सुचारु गरेको छ। टेलिकमले सोमबार रसुवाको जिबजिबे र सरमथली, धादिङको बेनीघाट तथा नुवाकोटको त्रिशूली बजारस्थित साइट सञ्चालनमा ल्याएको हो।

विज्ञापन
Advertisement
Advertisement

यससँगै बाढीबाट प्रभावित नेपाल टेलिकमका कुल १२० साइटमध्ये ११० वटा सुचारु भएका छन्। जिबजिबे टावर सञ्चालनमा आएसँगै भोर्ले, चिती, गाइसौरा लगायत नौकुण्ड गाउँपालिका–५ र ६ का विभिन्न स्थानका सेवाग्राहीलाई सञ्चार सेवा सहज भएको छ।

त्यस्तै, सरमथली टावरबाट यार्सा, लच्याङ, सिमबन्दी, बिजिली जोङ लगायत आसपासका क्षेत्रमा सञ्चार सेवा उपलब्ध हुनेछ। धादिङको बेनीघाट साइट सुचारु भएपछि बेनीघाट बजार तथा आसपासका क्षेत्र र नुवाकोटको त्रिशूली साइट सञ्चालनमा आएपछि त्रिशूली बजार, ढुंगे लगायतका क्षेत्रमा सञ्चार सेवा सहज हुने टेलिकमले जनाएको छ।

बाढी तथा पहिरोका कारण क्षतिग्रस्त संरचना र विद्युत् तथा प्रसारण पूर्वाधारमा समस्या आएपछि प्रभावित भएका साइटहरूलाई टेलिकमले चरणबद्ध रूपमा मर्मत तथा पुनःस्थापना गर्दै आएकोले बाँकी साइटहरू पनि क्रमशः सञ्चालन गर्ने तयारी भइरहेको जनाइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit