Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

साढे तीन महिनापछि संसद्मा बोल्दै बालेन, भोटेकोशीको क्षतिबारे दिनेछन् जवाफ

साढे तीन महिनापछि संसद्मा बोल्दै बालेन, भोटेकोशीको क्षतिबारे दिनेछन् जवाफ
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज संसदबाट सम्बोधन गर्ने भएका छन्। दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहले भोटेकोशी बाढीबाट भएको क्षति तथा सरकारको खोज, उद्धार र राहतका कामबारे संसद्लाई जानकारी गराउने तयारी छ ।

विज्ञापन
Advertisement
Advertisement

संघीय संसद् सचिवालय स्रोतका अनुसार आजको बैठकमा भोटेकोशी बाढीबारे सरकारको धारणा राख्ने कार्यसूची रहेकामा प्रधानमन्त्री शाह आफैंले संसद्मा सम्बोधन गर्ने भएका हुन् । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। बाढीपछि खोज, उद्धार तथा राहतका काम भइरहे पनि प्रधानमन्त्री शाहले अहिलेसम्म राष्ट्रका नाममा औपचारिक सम्बोधन गरेका छैनन्। उनले सामाजिक सञ्जालमार्फत सरकारका गतिविधि र उद्धार तथा राहतको अवस्थाबारे जानकारी दिँदै आएका छन् ।

यसबीच प्रतिनिधि सभाको बैठक नियमित रूपमा बस्न नसक्दा बाढीको क्षति र सरकारी प्रयासबारे प्रधानमन्त्रीले संसद्मा प्रत्यक्ष जानकारी दिने अवसर पाएका थिएनन्। आजको बैठकमा भने उनले बाढीबाट भएको क्षति, बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले गरिरहेका कामबारे सांसदहरूलाई जानकारी गराउने अपेक्षा गरिएको छ।

साढे तीन महिनापछि संसद्मा बोल्दै बालेन

यसअघि प्रधानमन्त्री बनेपछि बालेन्द्र शाह पहिलोपटक २०८३ जेठ १७ गते प्रतिनिधि सभामा उपस्थित भएका थिए। त्यस दिन उनले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए । त्यस दिन बालेनले औपचारिक सम्बोधनभन्दा प्रश्नोत्तरका क्रममा संसद्मा आफ्नो धारणा राखेका थिए, र उनले सीमाबारे दिएको अभिव्यक्तिको ब्यापक विरोध भैरहेको छ। त्यसयता उनले सदनलाई उपेक्षा गर्दै आएका छन् । अब करिब साढे तीन महिनापछि उनी फेरि संसद्को रोस्ट्रममा उभिँदैछन्—तर यसपटक देशकै ठूलो विपद्मध्ये एक बनेको भोटेकोशी बाढीपछि बेपत्ताको खोजी, उद्धारको अवस्था, राहत वितरण र क्षतिको व्यवस्थापनबारे प्रधानमन्त्रीले संसद्लाई के जवाफ दिन्छन् भन्ने चासो बढेको छ ।

बाढीपछि प्रधानमन्त्रीको सामाजिक सञ्जाल सक्रियतामाथि समेत विभिन्न कोणबाट बहस भइरहेका बेला आजको संसद् सम्बोधनलाई सरकारको औपचारिक जवाफका रूपमा हेरिएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit